पब्लिका को-अपरेटिभ लि. , धोबीघाट , ललितपुर आर्थिक वर्ष २०७६/०७७ मा कूल कारोवार रु. ३५ करोड पु-याउने लक्ष्य लिई अगाडि बढ्दै

0 Shares

ललितपुरको धोबीघाटमा रहेको पब्लिक को-अपरेटिभ लि.ले आर्थिक वर्ष २०७६/०७७ मा कूल कारोवार रु.३५ करोड , शेयर सदस्य ३,००० र शेयर पूँजी रु.३ करोड पु-याउने लक्ष्यका साथ अगाडि बढिरहेको सोही संस्थाको सञ्चालक समितिका सचिव दिनेश ताम्राकारले

सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले २०७६ पुस मसानातसम्म सो संस्थामा शेयर सदस्य संख्या २,७०१ र शेयर पूँजी रु.२,५३,४६,१०० पुगेको र यसमा निरन्तर बृद्धि भइरहेको छ भन्नुभयो ।
उक्त संस्थाको महिला उप-समितिको आयोजनामा २०७६ पुस २७ गते लिटिल फ्लावर पब्लिक स्कूल , शंखमुल , ललितपुरमा दोस्रो चित्रकला प्रतियोगिता सम्पन्न भयो

। त्यस प्रतियोगितामा विभिन्न विद्यालयहरुमा अध्ययन गरिरहेको सो संस्थाका ८७ जना वाल सदस्यहरले भाग लिएका थिए । नर्सरी देखि कक्षा १ सम्मको ग्रुप ‘ए’, कक्षा २ देखि ५ सम्म ग्रुप ‘बी’ र कक्षा ६ देखि १० सम्म ग्रुप ‘सी’ गरी ३ वटा समूह बनाएर उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो ।

त्यसै प्रतियोगिताको ग्रुप ‘ए’ मा वारुक रञ्जित-प्रथम , आरम्भ नवीन ताम्राकार -द्वितीय र रिदम महर्जन तृतीय , ग्रुप ‘वी’ मा सुदिन श्रेष्ठ-प्रथम , सक्षम श्रेष्ठ-द्वितीय र आख्य नवीन ताम्राकार-तृतीय तथा ग्रुप ‘सी’मा नियुक्ति नवीन ताम्राकार-प्रथम , श्रद्धा श्रेष्ठ-द्वितीय र आयुषा श्रेष्ठ-तृतीय भएका थिए । सोही संस्थाका उपाध्यक्ष गुणमुनि शाक्यले स्वागत मन्तव्य र कर्मचारी सानु शाक्यले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा सो संस्थाका अध्यक्ष महेशमान शाक्यले त्यसै चित्रकला प्रतियोगिताका विजेता प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाण-प्रदान गर्नु भएको थियो ।

Leave a Reply