सहकारी संस्थाहरु र राष्ट्रिय सहकारी बैंक लि. वीच सिद्धिपुरमा अन्तर्क्रिया सम्पन्न

0 Shares

राष्ट्रिय सहकारी बैंक लिमिटेड , शाखा कार्यालय लगनखेलको आयोजनामा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६, सिद्धिपुरमा उक्त बैंक र सहकारी संस्थाहरुका प्रतिनिधिहरु बीच २०७६ फागुन ४ गते अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ | उक्त बैंकका सञ्चालक सदस्य तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईको अध्यक्षता र महालक्ष्मी नगरपालिका वडा नं.६ का वडा अध्यक्ष बाशुदेव महर्जनको प्रमुख आतिथ्यतामा सो अन्तर्क्रिया सम्पन्न भएको थियो । राष्ट्रिय सहकारी बैंक लि., शाखा कार्यालय लगनखेलकी प्रमुख रमा घिमिरेले सञ्चालन तथा नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का सञ्चालक सदस्य रबिन्द्रप्रसाद नेम्कुल र सोही बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईको बिशेष आतिथ्यता एवं ललितपुर जिल्ला बहुउद्देशीय सहकारी संघ लि.का उपाध्यक्ष तथा सिद्धिपुर वडा नं. ६ ,सहकारी एकता समाजका अध्यक्ष किशोर महर्जन र महालक्ष्मी न.पा. वडा नं. ६, सिद्धिपुरका वडा सदस्य तथा बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सुरेन्द्र अमात्यको आतिथ्यतामा भएको सो अन्तर्क्रिया कार्यक्रममा सहभागीहरु वीच अन्तर्क्रिया भएको थियो । |
राष्ट्रिय सहकारी बैंक लि.ले आफ्ना सदस्य संस्थाहरुलाई प्रदान गर्दै आएको सेवाको विषयमा केन्द्रित रहेको सो अन्तर्क्रिया कार्यक्रममा उठेका सवालहरीको कार्यक्रमका अध्यक्ष रामहरि बजगाईले जवाफ दिनु भएको थियो भने सो बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सो बैंकले आफ्ना सदस्य संस्थाहरुलाई प्रदान गर्दै आएको सेवा सुविधा बारे र त्यसै बैंकको शाखा कार्यालय , लगनखेलकी प्रमुख रमा घिमिरेले लगनखेल शाखाको अवस्था र यसले आफ्नो कार्यक्षेत्र भित्रका संस्थाहरुलाई पु-याइरहेको सेवा सुविधा बारेमा प्रकाश पार्नु भएको थियो ।
उक्त अन्तर्क्रिया कार्यक्रममा सो बैंकको लगनखेल शाखा कार्यालय अन्तर्गत कारोवार गर्ने १८ वटा सहकारी संस्थाहरुबाट ३५ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
त्यस अवसरमा अभिवादन बहुउद्देशीय सहकारी संस्था लिमिटेड , सिद्धिपुरसँग सो बैंकले आफ्नो स्तरीकरण कार्यक्रम CARE को पनि सम्झौता गरेको छ |

Leave a Reply