२०७६ फागुन २२–२५ मा गोदावारीमा चौथो ललितपुर साकोस समिट-२०७६ आयोजना गर्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा चौथो ललितपुर साकोस समिट-२०७६, २०७६ फागुन २२-२५ मा गोदावारी स्थित होल भ्यू भृकुटीमा हुने सो संघका वरिष्ठ उपाध्यक्ष करुणारत्ने बज्राचार्यले सहकारी सञ्जालाई बताउनु भयो । “दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने सहकारीको नारालाई सार्थकता दिनको लागि समेत सहकारीहरुलाई पूर्ण रुपमा व्यवसायिक बनाउनु जरुरी रहेको बताउदै उहाँले सो समिटको उप-राष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भन्नुभयो । ३ दिवसीय
उक्त समिटमा आर्थिक सम्बृद्धि सुन्दर भविष्य र सम्भालना बोकेको सहकारी संस्थाको बृहत्तर विकासका लागि सरकार र सहकारीको अन्तर्सम्बन्ध कस्तो हुनुपर्दछ ? सञ्चालक समिति र कर्मचारीलाई के कुराको आवश्यकता हुन सक्छ ? सहकारी मार्फत गरिवी न्यनिकरण कसरी गर्ने ? ललितपुरका सहकारीहरुको समग्र राम्रा र नराम्रा पक्षहरु के हुन् ? अब हामीले हामीलाई कसरी अगाडि बढाउनु पर्दछ ? सहकारी एकीकरण अवसर कि चुनौती ? सहकारीको सन्तुलित र व्यवस्थित व्यवस्थापन कसरी गर्ने ? भन्ने लगायतका विषयहरु छलफलका लागि समेटिएको सोही संघका सचिव श्यामकृष्ण महर्जनको भनाई छ ।
उक्त समिटको तयारीका कामहरु भइरहेको सो संघका व्यवस्थापक सन्तोष बजगाईको कथन छ ।
