२०७६ फागुन १० गते ज्वेल्स साकोस, पुल्चोकले वासालत अध्ययन विषयक अन्तर्क्रिया गर्ने

0 Shares

ललितपुरको पुल्चोकमा रहेको ज्वेल्स बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उप-समितिको आयोजनामा २०७६ फागुन १० गते त्यसै संस्थाको कार्यालयको सभाहलमा वासालत अध्ययन विषयक अन्तर्क्रिया आयोजना गर्न लागेको जनाएको छ । सो अन्तर्क्रिया कार्याक्रममा सोही संस्थाको सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , उप-समितिहरु र कर्मचारीहरुको सहभागिता रहने उक्त संस्थाका प्रवन्धक सुजित शाक्यले सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले “हाम्रो यस संस्थाको बचत उप-समितिको आयोजनामा यसै संस्थाको बचत योजनाको बारेमा शेयर सदस्यहरु वीच पनि अन्तर्क्रिया गर्ने योजनाका साथ काम भइरहेको छ” भन्नुभयो । २०७६ फागुन २ गतेसम्म यो संस्थाको शेयर सदस्य संख्या १,५७४, शेयर पूँजी रु.३,९६,३२,८०० , बचत संकलन रु.५६,५२,६५,१६२ र कर्जा लगानी रु.५२,२१,६०,२६६ रहेको उहाँको कथन छ ।
२०७६ कार्तिक ३० गते सम्पन्न सो संस्थाको १०औँ वार्षिक साधारणसभामा सोही संस्थाका अध्यक्ष किरणभाइ बज्राचार्यले

उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५/०७६ को अन्तसम्ममा त्यस संस्थामा शेयर सदस्य संख्या १,४९७ , शेयर पूँजी रु.३,८५,१७,८०० , बचत संकलन रु.४७,५५,०४,०३५/०४ र ऋण लगानी रु.४६,६७,०२,४२१/३८ रहनुका साथै यस संस्थाको मुनाफाबाट शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश र कर्मचारीहरुलाई १ महिनाको तलव बराबर बोनश प्रदान गर्ने बताउनु भएको थियो ।
सहकारी एकीकरण बारे तपाईको तपाईको धारणा के छ नि भनी सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले राखेको जिज्ञाशाको जवाफमा उक्त संस्थाका प्रवन्धक सुजीत शाक्यले “एकातिर सरकारले सहकारी एकीकरणलाई अगाडि बढाउने तर अर्कातिर स्थानीय तहले नयाँ सहकारी दर्ता गर्दै जानुले सहकारीकर्मीहरुमा अन्यौलको स्थिति बनेकोले त्यस बारेमा सम्बन्धित सरकारी निकायले स्षष्ट पार्नु परो । महानगरपालिका भित्रका वडाको जनसंख्या ÷ ५,००० गरेर सहकारीको संख्या तोक्ने कुरा व्यवहारिक छैन र यो लागू हुन सम्भव पनि छैन । त्यसलाई सचायाउनु पर्दछ । जस्तै ललितपुर महानगरपालिका वडा नं.२० मा बसोबास गर्ने घर भएका नागरिकहरुलाई मात्रै जनसंख्या मान्ने हो कि यस वडामा अस्थायी रुपमा बसोबास गरी पेशा व्यवसाय गर्नेहरुलाई पनि जनसंख्या मान्ने ? त्यो विषय अस्पष्ट भएकोले त्यसलाई सम्बन्धित सरकारी निकायले स्पष्ट पार्नु पर्दछ” भन्नुभयो ।

Leave a Reply