छहारी साकोस गाम्चाको मोबाइल बैंकिङ्ग सेवा शुभारम्भ

0 Shares

सदस्यहरुलाई आफ्नै भवनबाट वित्तीय सेवा प्रदान गरिहेको छहारी बचत तथा ऋण सहकारी संस्था लि., गाम्चाले नयाँ प्रविधिको शुभारम्भ गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै सो संस्थाले आफ्ना शेयर सदस्यहरुको आर्थिक कारोवारलाई थप पारदर्शिता तथा प्रविधि मैत्री सेवा प्रदान गर्ने उद्देश्यले छहारी मोवाइल बैंकिंग एप्सको शुभारम्भ गरेको जनाएको छ ।

विद्यमान समयमा सहकारी संस्थाहरुमा विश्वासको वातावरण अपेक्षित बढ्न नसकिरहेको परिप्रेक्ष्यमा यस किसिमको प्रविधि भित्र्याएर छहारी साकोसले सहकारी अभियानमा नयाँ आयाम थपेको देखिएको छ । यस छहारी मोवाइल बैंकिंग एप्सबाट अव उक्त संस्थाका सदस्यहरुले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, फोन, नेट तथा टी.भी. रिचार्ज गर्न, विजुलीको विल भुक्तानी गर्न, हवाई टिकट, ओयो (OYO) होटल बुक गर्न, QR Pay (शीघ्र भुक्तानी) लगायतका सेवाहरु उपलव्ध रहेका छन् । निकट भविष्यमा ५२ वटा विभिन्न वर्गका बैंकहरुमा पनि पैसा ट्रान्सफर गर्न सकिने सेवा उपलव्ध हुने बताइएको छ ।

पत्रकारको जिज्ञाशाको जवाब दिनु हुँदै सोही संस्थाका अध्यक्ष कृष्णहरि खड्काले सदस्यमैत्री सेवा नै छहारी साकोसको प्राथमिकतामा रहेको र लघु तथा साना व्यवसाय सञ्चालन गरिरहेका सदस्यहरुको व्यवसायिक कारोवारलाई छिटो छरितो एवम् व्यवसायको भुक्तानी लिने दिने प्रक्रियामा शीघ्रता ल्याउनुका साथै त्यस्ता सदस्यहरुलाई मोवाइल बैंकिंगको माध्यमबाट नयाँ प्रविधिमा समावेश गराउनमा छहारीले अभियान चलाउने बताउनुभयो । कार्यक्रममा छहारी मोवाइल बैंकिंगको परिचय, यसको प्रयोगको तरिका, सुरक्षाको बारेमा हाम्रो टेक्नोलोजी प्रा.लि.का प्रमुख व्यवसाय अधिकृत संजय महासेठले प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस त्यसै संस्थाका अध्यक्ष कृष्णहरि खड्काको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा भक्तपुरको सूर्यविनायक नगरपालिका-४ का वडा अध्यक्ष उत्तम थापाको प्रमुख आतिथ्यता रहनुका साथै विभिन्न संघ/ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । विभिन्न सञ्चार माध्यमका १२ जना पत्रकारको उपस्थिति रहेको सो पत्रकार सम्मेलनको सञ्चालन सो संस्थाका कोषाध्यक्ष प्रबिन शंखदेबले गर्नुर्भएको थियो ।

Leave a Reply