सहकारी संस्था अनुगमन गर्दै गोकर्णेश्वर नगरपालिका

0 Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आफू अन्तर्गतका सहकारी संस्थाहरुको अनुगमन गरिरहेको जनाएको छ । सो नगरपालिकाका सूचना अधिकारी भीमबहादुर शाहीले सहकारी सञ्जालसँग कुरा गर्दै यस नगरपालिका अन्तर्गत रहेका ३२ वटा सहकारी संस्थाहरु मध्ये २० वटा सहकारी संस्थाहरुको अनुगमन गरी सकिएको र बाँकी रहेका सहकारी संस्थाको अनुगमन जारी छ” भन्नुभयो । अनुगमनका क्रममा तानीया बहुउद्देश्यीय सहकारी संस्था लि. जोरपाटीको कार्यालय र पूर्वाधार नभएकाले त्यस संस्थालाई ३० दिनभित्र कार्यालय , भौतिक पूर्वाधार र आवश्यक कर्मचारी व्यवस्थापन गरी सञ्चालन गर्न निर्देशन दिइएको , अनुगमन कै क्रममा नव विहानी कृषि सहकारी संस्था लि.,सुन्दरीजल अव्यवस्थित पाइएकोले त्यसलाई पनि एक महिनाभित्र व्यवस्थित गर्न निर्देशन दिइए बमोजिम त्यसले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको जानकारी दिएकोले त्यसको चाडै सघन अनुगमन गरिने छ र अनुगमनका क्रममा कतै आई.एल.ओ.को मापदण्ड विपरीत कर्मचारीहरुलाई पारिश्रमिक दिएको पाइएकोले आई.एल.ओ.को मापदण्ड पालना गर्न निर्देशन दिइएको तथा कतिपय सहकारी संस्थाहरुमा सानातिना त्रुटी भेटिएकाले त्रुटी सच्याई आफ्ना शेयर सदस्यहरुलाई गुणात्मक सेवा प्रदान गर्न निर्देशन दिइएको उहाँको भनाई छ । गोकर्णेश्वर नगरपालिका भित्र मुख्य कार्यालय रहेका संघ र बागमती प्रदेश अन्तर्गतका सहकारी संस्थाहरुसँग अन्तर्क्रिया गरेको बताउदै उहाँले “यस नगरपालिकाले सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ” भन्नुभयो । हाम्रो यस नगरपालिकाले आफ्नो सहकारी ऐन २०७५ सालमा जारी गरी कार्यान्वयन गरिरहेको छ भने यसले आफ्नो सहकारी नियमावली जारी गर्नलाई बागमती प्रदेशको सहकारी नियमाली भर्खरै जारी भएको सुनिएकोले अब हाम्रो यस गोकर्णेश्वर नगरपालिकाले आफ्नो सहकारी नियमावली चाडै जारी गर्ने उहाँको कथन छ । नयाँ सहकारी संस्था दर्ता बारे सहकारी सञ्जालको जिज्ञासाको जवाफमा उहाँले यस नगरपालिकाले नयाँ सहकारी संस्थाको दर्ता खुलाएको छैन र संघको निर्देशिका प्राप्त भएपछि मात्रै नयाँ सहकारी संस्था दर्ता गर्ने कि नगर्ने भनी आवश्यक निर्णय लिइने बताउनुभयो ।
गोकर्णेश्वर नगरपालिकले २०७६ फागुन १२ गते २१४७ औँ ग्याल्बो ल्होसारको अवसरमा सार्वजनिक विदा दियो ।

Leave a Reply