कोरोनाको आशंकामा टेकु अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गएका विरामीमा देखिएन कोरोना भाइरस , कोरोनादेखि नआत्तिन विज्ञको आग्रह

0 Shares

छिमेकी देश चीनको उहानबाट शुरु भएको कोरोना भाइरस संसारभर महामारीको रुपमा फैलिदै गइरहेको बेला कोरोना भाइरसको आशंकामा टेकू अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गएका विरामीहरुमा कोरोना भाइरस नदेखिएको अस्पताल श्रोतले जनाएको छ । यस अघि चीनको उहानबाट ल्याइएका १७५ जना विद्यार्थीहरुको दोस्रो पटकको स्वास्थ्य परीक्षण गरिदा पनि कोरोना भाइरस नदेखिएपछि उनीहरुलाई घर पठाइएको थियो ।
कोरोना भाइरसदेखि नआत्तिन नागरिकहरुलाई विज्ञहरुले आग्रह गरेका छन् । उनीहरुले कोरोना भाइरसदेखि सचेत रहनु पर्नेमा भने जोड दिएका छन् । काठमाडौंको कोटेश्वर-जडिबुटी स्थित सञ्जिबनी हेल्थ केयरका डा. महेन्द्र जोशीले कोरोना भाइरसदेखि नाआत्तिन तर सचेत रहन भने सबैमा अनुरोध गर्नु भएको छ । सहकारी सञ्जाल सँग कुरा गर्दै उहाँले सबैलाई मास्क लगाउन , मदिरा , कोल्ड ड्रिङ्स जस्ता पेय पदार्थ सेवन नगर्न , धेरै भिडभाड हुने स्थानमा नजान , चिसो खानेकुरा नखाने , उमालेको पानी , दाल लगायतका झोलिलो खानेकुरा प्रसस्त खान र आफूले लगाउने कपडा तथा सुत्दा प्रयोग गरिने ओढ्ने ओछ्याउने लगायतका कपडा घाममा सुकाउन र सरसफाईमा विशेष ध्यान दिन तथा ज्वरो आयो , टाउको दुख्यो , खोकी लाग्यो र सास फेर्न गाह्रो भएमा तुरुन्त अस्पताल जान सबैमा अनुरोध गर्नु भएको छ ।
उता सरकारले पनि कोरोना भाइरसदेखि सचेत रहन र भोज भतेर लगायतका भिडभाड हुने स्थानमा नजान सबैमा अनुरोध गरिरहेको छ ।

Leave a Reply