फेन्सी साकोस ,नारायणगढले मनायो आफ्नो ९औँ स्थापना दिवस

0 Shares

चितवनको भरतपुुुर महानगरपालिका-१ , नारायणगढमा रहेको फेन्सी बचत तथा ऋण सहकारी संस्था लि.ले विभिन्न कार्यक्रम गरी आफ्नो ९औँ स्थापना दिवस मनाएको छ । यही फागुन ११ गते आफ्नो ९औँ स्थापना दिवसको अवसरमा उसले विशेष कार्यक्रम आयोजना ग-यो । सोही संस्थाका अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा भएको त्यस कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का लेखा सुपरीवेक्षण समिति संयोजक नवराज सापकोटा , बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक सदस्य तेजेन्द्रबहादुर खड्का, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिश्चन्द्र सुवेदी, भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका सहकारी अधिकृत रामबाबु पौडेल, फेन्सी व्यवसायी संघका अध्यक्ष खिमलाल अर्याल, लोककल्याणकारी बचत तथा ऋण सहकाा संस्था लि. का अध्यक्ष नारायणप्रसाद कँडेल, सिद्धिविनायक बचत तथा ऋण सहकसरी संस्था लि. का अध्यक्ष थीरप्रसाद धिताल, पुल्चोक बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष आरती पन्त , प्राइम बहुउद्देश्यीय सहकिरी संस्था लि.का अध्यक्ष मदनप्रसाद खरेल , अटोमोबाइल्स बचत तथाऋण सहकारी संस्था लि.का भीमलाल न्युरे लगायतले उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना भयो । त्यस कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष प्रकाश गैरेले उक्त संस्थाको गतिविधि बारे प्रकाश पार्नु हुदै हाम्रो यो संस्था निरन्तर प्रगतपतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो । सोही संस्थाका उपाध्यक्ष मेघराज कँडेलले संयोजन गर्नु भएको त्यस कार्यक्रममा सो संस्थाको शेयर पुँजी रु.३ करोड ३८ लाख, बचत संकलन रु.३१ करोड २१ लाख, ऋण लगानी रु.३१ करोड १६ लाख र कुल पुँजी रु.३७ करोड २० लाख रहेको बताइएको थियो ।
यसैगरी सोही स्थापना दिवसको अवसरमा
उक्त संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । सो रक्तदान कार्यक्रममा १०८ जना रक्तादाताहरुले रक्तदान गर्नु भएको थियो । त्यो कार्यक्रमको त्यसै संस्थाका सञ्चालक सदस्य शिवराज सुवेदीले मूल संयोजन र फेन्सी व्यवसायी संघका कार्यसमिति सदस्य दीननाथ दवाडीले सह–संयोजन गर्नु भएको थियो ।

Leave a Reply