समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा भूतपूर्व मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेल नियुक्त
समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमामा उच्च अदालत, दिपायलका भूतपूर्व मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेल नियुक्त हुनुभएको छ । यही फागुन २५ गते बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले २ वर्षे कार्यकाल रहने गरी सो समितिको अध्यक्षमा पोखरेल र सहकारी क्षेत्रको विज्ञ सदस्यमा ममतादेवी शर्मा उपाध्याय र सरस्वतीदेवी भट्टराइ एवं राष्ट्रिय सहकारी महासंघ लि.ले तोकेका प्रतिनिधि टीका बुढाथोकीलाइ सदस्यमा नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनु भएका अर्थ मन्त्री डा. युवराज खतिवडाको भनाइ छ । सरकारले आवश्यकता ठानेमा उक्त समितिको अध्यश्र तथा सदस्यको पदावधि बढीमा २ वर्षसम्म थप्न सक्ने प्रावधान रहेको छ ।
सहकारी ऐन ,२०७४ मा उच्च अदालतको मुख्य न्यायधीश वा न्याय सेवाको विशिष्ट स्रेणीमा रहेर काम गरेको व्यक्तिलाइ उक्त समितिको अध्यक्षमा नियुक्त गर्नु पर्ने प्रावधान अनुरुप पोखरेल त्यस समितिको अध्यक्षमा नियुक्त हुनुभएको बताइएको छ ।
