कुश्मा नगरपालिकाको आयोजनामा सहकारी व्यवस्थापन तथा क्षमता अभिबृद्धि तालिम सञ्चालन हुदै

0 Shares

पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा सो नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुका सञ्चालक तथा व्यवस्थापकहरुको लागि
दुई दिवसीय सहकारी व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । उक्त तालिमको उद्घाटन समाऱोहलाई सम्बोधन गर्दै सोही नगरपालिकाकी उपमेयर सीता काफ्ले लामिछानेले कुश्मा नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संघ/संस्थाहरुलाई थप व्यवस्थित र पारदर्शी बनाई तिनलाई उत्पादनमूलक क्षेत्रमा लगाउन समन्वय गरिने बताउनुभयो ।
सहकारीमार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि प्रभावकारी सञ्चालन विधि तथा
सदस्यहरुलाई उद्यमशिलतातर्फ अग्रसर गराउने योजना निर्माण लगायतका काममा सहकारीहरुसँग समन्वय गरेर अगाडि बढ्न नगरपालिका तत्पर रहेको कुश्मा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीको भनाइ थियो । सो तालिममा सहकारीको अवधारणा, महत्व, मूल्य , मान्यता , सिद्धान्तहरु, सहकारी दर्ता, नियमन, अनुगमन, निरीक्षण, एकीकरण , विघटन, सहकारी ऐन/ नियमावली, सञ्चालक तथा व्यवस्थापकको काम ,कर्तव्य र अधिकार एवं सहकारीमा जोखिम व्यवस्थापन विषयमा तालिममा सहजीकरण गरिने उक्त नगरपालिकाका सहकारी शाखा प्रमुख ऋषिराम शर्माले बताउनुभयो ।
कुश्मा नगरपालिका भित्र सञ्चालन भइरहेका विभिन्न प्रकृतिका सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुलाई सहकारी ऐन नियम र सहकारी व्यवसायका बारेमा जानकारी दिई व्यवस्थित रुपमा सहकारीलाई अगाडि बढाउने तालिम तालिम आयोजना गरिएको उक्त नगरपालिकाको कथन छ ।

Leave a Reply