नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले शुरु ग-यो कोरोना भाइरस फैलिन नदिन सेनिटाइजेसनको प्रयोग

0 Shares

नेपाल राष्ट्र बैंकबाट ‘क’श्रेणीको इजाजत प्राप्त नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले विश्वभर फैलिदै गएको कोरोना भाइरस फैलिन नदिन सेनिटाइजेसनको प्रयोग शुरु गरिएको यही फागुन २१ गते जारी प्रेश विज्ञप्तिमा जनाइएको छ । उक्त प्रेस विज्ञप्तिमा उल्लेखित विषय यस प्रकार छ ।
विश्वभरी नोबल कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएको तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा नेपाल इन्भेष्टमेन्ट बैंक
लिमिटेडले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूप्रति चासो÷सरोकार व्यक्त
गर्दछ । यसै विषयलाई मध्यनजर गर्दै बैंकले कोरोना भाइरसको विस्तार विरुद्धको रोकथाम सम्बन्धी
उपायहरू अबलम्बन गर्न शुरु गरिसकेको छ । बैंकिङ सेवा लिन आउने ग्राहकहरुको सुरक्षाका लागि
कार्यालय परिसरको प्रवेश र निकासद्धारमा सेनिटाइजेसन र बच्ने उपायहरु उल्लेख गरिएको सूचना
टासिएको छ । सबै ग्राहकहरुलाई कार्यालय प्रवेस गर्दा उपलब्ध गराइएको सेनिटाइजेसन प्रयोग
गरी भाइरस प्रभावित हुनबाट सतर्क रहन अनुरोध गर्दछ ।
विश्व स्वास्थ्य संगठनद्वारा गरिएको सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी नेपाल सरकारले
जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाल इन्भेष्टमेन्ट बैंक
समग्र देशवासीहरूलाई अपिल गर्दछ ।

Leave a Reply