चौथो ललितपुर साकोस समिट-२०७६ स्थगित

0 Shares

२०७६ फागुन २२,२३ र २४ गते ललितपुरको गोदावारीमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा हुन लागेको चौथो ललितपुर साकोस समिट-२०७६ स्थगित भएको छ । मित्र राष्ट्र चीनको उहानबाट फैली हाल विश्वभर फैलिएर महामारीको रुप लिन थालेको कोरोना भाइरस(कोभिड-१९)क़ो ज़ोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले नेपाल भ्रमण वर्ष-२०२० लगायतका कार्यक्रम स्थगन गर्दै मिति २०७६/११/१८ गते कुनै सभा ,सम्मेलन , गोष्ठि , भोज ,भतेर जस्ता धेरै मानिसहरु जमघट हुने कार्यक्रम नगर्नु/ नगराउनु भन्ने सूचना जनतालाई सुसुचित गराइएको भन्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईको अध्यक्षतामा आज बसेको सो संघको बैठकले अर्को सूचना जारी नहुँदासम्मलाई स्थगित गरेको उक्त संघका सचिव श्यामकृष्ण महर्जनद्वारा जारी गरिएको सूचनामा जनाइएको छ ।

Leave a Reply