दुगा आस्था विकास साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न

0 Shares

रुपन्देहीको ओमसतियास्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा युवा तथा सामाजिक उप-समितिको संयोजनमा हालै खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । सो रक्तदान कार्यक्रममा ४९ जना रक्तदाता हरुले रक्तदान गर्नु भ एको बताइएको छ । त्यस रक्तदान कार्यक्रममा रक्तदान गर्नु भएका रक्तदाताहरुलाई सो संस्थाका अध्यक्ष डी.बी. थापाले प्रमाण-पत्र प्रदान गर्नु भएको थियो । त्यस अवसरमा सो
संस्थाका अध्यक्ष थापाले हाम्रो यस लुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरु वीच बचत तथा ऋण कारोवार गर्दै सदस्यहरुको जीवन स्तर माथि उठाउन सहयोग पुग्ने गरी समय-समयमा विभिन्न रचनात्मक कार्यक्रम गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको र सदस्यहरुको माया र सहयोगका कारण यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो । उक्त अवसरमा सहकारी विज्ञ तथा लुम्बिनी विशिष्टीकृत सहकारी संघ लि.का अध्यक्ष डा. खगराज शर्माले सहकारीहरु नीति नियमलाई राम्रो सँग पालना गरी सञ्चालन हुनु पर्ने बताउनुभयो । ।
सोही संस्थाको सदस्य बिस्तार उप-समितिको संयोजनमा
हालै ओमसतिया २ स्थित पर्तिटोलमा सहकारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । सहकारी शिक्षा प्रदान गर्दै इच्छुक नयाँ सदस्य बन्न चाहनेहरुका लागि आयोजना गरिएको स्वागत कार्यक्रम त्यसै संस्थाको सदस्य विस्तार उप-समितिका उप-संयोजक चिन्तामणि घर्तीको अध्यक्षता, उपाध्यक्ष परसुराम बास्तोलाको प्रमुख आतिथ्यता र सचिव जीतबहादुर रास्कोटी एवम् लेखा सुपरीवेक्षण समितिका सदस्य कमला भण्डारीको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो । सो कार्यक्रममा ४७ जनाको सहभागिता रहेको बताइएको छ ।

Leave a Reply