धौलागिरी समाज नेपालको सल्लाहकार समिति सहितको संयुक्त बैठक तथा बहस सम्पन्न

0 Shares

धौलागिरी समाज नेपाल, काठमाडौंको केन्द्रीय समिति , सल्लाहकार समिति , संरक्षक , ट्रस्टि , गण्डकी सभ्यता बचाऔ महाअभियान मु
मूल स्टेरिङ्ग समिति , प्रदेश स्तरीय समिति , अन्य गठन गरिएका १७ समितिहरु , स्मारिका प्रकाशन समिति , गण्डकी धौलागिरी ब्यबस्थापन तथा बिज्ञ समिति समेतको संयुक्त बैठक साथै “बृहत अन्तरक्रिया कार्यक्रम” यही फागुन१७ गते शनिबार काठमाडौंको रिङ्ररोडको सानो भ-याङ्ग-अन्नपूर्ण चोक स्थित माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. को सभाहलमा सम्पन्न भयो । सो अन्तर्क्रियामा निम्न
निर्णयहरु तथा बहस कार्यक्रम सम्पन्न भएको धौलागिरी समाज नेपालका अध्यक्ष गोविन्दप्रसाद शर्माले बताउनुभयो ।
बहस तथा निर्णयहरु :
१) फेलोशिप चियापान ठिक ११.०० बजे शुरु ।
२) गण्डकी सभ्यताको बहस कार्यक्रम सम्पन्न ।
३) धौलागिरी स्मारिका प्रकाशन तयारी सम्बन्धी जानकारी भै फाल्गुन महिनामा प्रकाशन सम्पन्न गर्ने ।
४) समाजको केन्द्रीय समिति तथा गठन भएका १७ समितिहरुको समीक्षा गरियो।
५) पर्यटन भर्मण बर्ष-२०२० को कार्यक्रम प्रस्तुती बिस्तृत रूपमा भयो ।
६) गण्डकी धौलागिरीमा नयाँ पर्यटकीय गन्तब्यहरुको प्रस्तुति भयो ।
७) धौलागिरी समाजमा नयाँ गरिमामय संरक्षक , ट्रस्टि हरुलाई सम्मान गर्ने तथा नयाँ आजीवन सदस्यता बिस्तार गर्ने ।
८) २०७७ बैशाखको दोस्रो हप्ता धौलागिरी बनभोज गर्ने । उक्त बनभोथ कार्यक्रम सम्पन्न गर्न संयोजक पदमा उपाध्यक्ष भक्तराज भुसाललाई चयन गरियो ।
समाजका अध्यक्ष मुकुन्द शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समग्र विषयबस्तुको जानकारी संस्थापक महासचिव, धौलागिरी समाज नेपाल , काठमाडौंका गोविन्दप्रसाद शर्माले गराउनुभयो । “गण्डकी सभ्यता बचाऔ महाअभियान” कार्यकारी समितिका उपाध्यक्ष केदारनाथ गौतम , भक्तराज भुसाल , सचिव कृष्ण शर्मा , कोषध्यक्ष एकनारायण उपाध्यय , सल्लाहकार तिलकबहादुर कुवर , खगराज पौडेल र देबदत्त गौतम तथा सदस्यहरु डिलाराम सुवेदी, आर. बी. अधिकारी, खिमानन्द कँडेल , ईश्वरी ढकाल , महेन्द्र पौडेल , प्रबक्ता दिपेन्द्र पौडेल , आमन्त्रिक सदस्य अर्जुन शर्मा भुसाल , प्रेमप्रसाद लामिछाने लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

गण्डकी सभ्यता बचाऔँ महाअभियानका लागि निम्न नम्बर र ठेगानामा सम्पर्क गर्न सकिने बताइएको छ ।
Mob.9851079811, 9851083328, 9851200807
Website: ds-nepal.org.np
Email: info@ds-nepal.org.np ,
dhaulagirisociety@gmail.com , mtdhaulagiri@hotmail.com

Leave a Reply