पञ्चकन्या महिला साकोस र स्वेडाको संयुक्त आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

0 Shares

सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका-४ , गैह्रीधारामा रहेको पञ्चकन्या महिला बचत तथा ऋण सहकारी संस्था लि. र त्यही स्थानमा रहेको श्रृजनात्मक महिला वातावरण विकास संस्था (स्वेडा)को संयुक्त आयोजनामा हिजो काठमाडौंको गैह्रीधारामा मानसिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न भयो । चिन्ता , निराशा र मनो रोग पहिचान गरी त्यसको निवारण सम्बन्धी तालिममा सहजीकरण गरिएको थियो । विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गरी सकेका र सोही तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुको समेत सक्रिय भूमिका रहेको सो तालिममा ३५ जनाको सहभागीता रहेको आयोजकको भनाई छ । त्यस अवसरमा पञ्चकन्या महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष अल्पणा जोशीले औषधि खाएर मात्रै मानसिक समस्या निवारण नहुने भएकोले मानसिक समस्या समाधानका लागि आत्मबल बलियो बनाउनु पर्ने खाँचो औंल्याउनुभयो ।
महिलाहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपमा जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्यक्रमहरु सञ्चालन गर्दै अगाडि बढिरहेको पञ्चकन्या महिला बचत तथा ऋण सहकारी संस्था लि.ले निरन्तर प्रगति गरिरहेको उक्त संस्थाको भनाई छ । त्यसैगरी निरन्तर प्रगतिको बाटोमा अगाडि बढिरहेको श्रृजनात्मक महिला वातावरण विकास संस्था (स्वेडा) ले पनि महिलाहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी गरिवी निवारण सम्बन्धी कार्य गरिरहेको बताइएको छ ।

Leave a Reply