प्रधानमन्त्री ओलीको दोस्रो पटक सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न , एम.सी.सी. विरुद्ध १० दलको आजको संसद घेराऊ कार्यक्रम स्थगित

0 Shares

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हिजो काठमाडौंको महाराजगञ्ज स्थित त्रि.वि. शिक्षण अस्पतालमा सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न भएको छ । सो अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले उहाँको सल्यक्रिया तथा मृगौला प्रत्यारोपण गरिएको अस्पताल श्रोतले जनाएको छ । मृगौला प्रत्यारोपण सम्पन्न भएपछि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न थालेपछि हिजै दिउसो ३ बजेतिर प्रधानमन्त्री ओलीले आधा लीटर जति पिशाव गर्नु भएको बताइएको थियो । हिजो नै उहाँकी भाञ्जी समीक्षा संग्रौला ज्ञवालीले आफ्नो मृगौला उहाँलाई प्रदान गर्नु भएको थियो । यतिबेला प्रधानमन्त्री ओली र समीक्षा दुबैको स्वास्थ्य स्थिति राम्रो रहेको बताइएको छ । मृगौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुभएका ओलीको मंगलबार गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट राम्रो आएपछि उहाँको हिजो मृगौला प्रत्योरोपण गरिएको थियो ।
१२ वर्ष अगाडि प्रधानमन्त्री ओलीको पहिलो पटक भारतको राजधानी नयाँदिल्ली स्थित एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उहाँलाई उहाँकै नातेदार अञ्जन घिमिरेले मृगौला प्रदान गर्नुभएको थियो । सो मृगौलाले गत भदौबाट काम गर्न छाडेपछि उहाँको उहाँको मृगौलाको डायलासिस गरिदै आएको थियो ।
त्रि.वि.शिक्षण अस्पतालमा सफलतापूर्वक प्रधानमन्त्री ओलीको सफलतापूर्वक मृगौला प्रत्यारोपण गर्न सकेकोमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले खुशी व्यक्त गर्नुका साथै धेरैले खुशी व्यक्त गरेको देखिएको छ ।
उता एम.सी.सी.को विरोध गरिरहेका १० राजनीतिक दलले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण कै कारण आज गर्ने भनिएको संसद घेराऊ कार्यक्रम स्थगित गरिएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले बताउनु भएको छ ।

Leave a Reply