प्रतिनिधिसभामा कोरोना भाइरसबारे चल्यो छलफल

0 Shares

संघीय संसदको प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरसको जोखिमबाट बच्ने उपाय बारे छलफल चल्यो । सांसद गगनकुमार थापाले कोरोना भाइरसको जोखिमबारेमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नु भएको थियो । सांसद भीमबहादुर रावल , मीना सुब्बा ,प्रदीप यादब लगायतका सांसदहरुले सो प्रस्तावको समर्थन गर्दै सकेसम्म कोरोना भाइरस भित्रीन नदिने उपाय खोजी गर्नु परो , भित्री गएमा औषधि उपचारको लागि तयारी आवस्थामा रहनु पर्नेमा जोड दिनु भएको थियो । सांसद प्रदीप यादबले त “कोरोना भाइरस कै कारण भनेर भोज , भतेर , सभा सम्मेलनका कार्यक्रम स्थगित गर भन्ने तर संसद चलाई राख्ने ? यो भएन । तुरुन्त संसद बैठक स्थगित गर्नु परो” भन्नुभयो ।
यता काठमाडौं तथा ललितपुर
लगायतका जिल्ला प्रशासन कार्यालयहरुले कोरोना भाइरसको जोखिमको कारण भन्दै अर्को सूचना जारी नभएसम्म सभा , सम्मेलन , भोज, भतेर जस्ता भिडभाड हुने कार्यक्रम नगर्न तथा जरुरी काम बाहेक कोही पनि घरबाट बाहिर ननिस्कन सूचना जारी गरेका छन् ।
विज्ञहरुले भिटामिन ‘सी’पाइने किबी , अमला , कागती जस्ता खानेकुरा बढीभन्दा बढी खाँदा कोरोना भाइरसको जोखिमबाट सुरक्षित हुने बताएका छन् ।
चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर फैलिरहेको छ । यसको प्रभाव चीन पछि सबैभन्दा बढी इटालीमा देखिएको छ । त्यहाँ ३ हजार भन्दा बढी नागरिकहरुमा यसको संक्रमण भएको र यही कारण १३५ जनाभन्दा बढीको ज्यान गई सकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् तर चीनमा भने यसको प्रभाव घट्दै गएकोको बताइएको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण एसियामा कोरोना भाइरसको संक्रमण फैलिएको र त्यसमा पनि नेपाल उच्च जोखिममा रहेको भनेको भनी हल्ला फैलिएसँगै यसको त्रास फैलिरहेको छ । बजारमा कृतिम अभाव र कालाबजारी शुरु भएको देखिएको छ ।
नेपालमा भने अहिलेसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण भएको पाइएको छैन ।

Leave a Reply