कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्रमा नकारात्मक असर , नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन स्थगित
कोरोना भाइरस(COVID-19) को संक्रमण विश्वभरी फैलिदैगइरहेको छ । पछिल्लो समय यसको सबैभन्दा बढी असर इटाली , संयुक्त राज्य अमेरिका , दक्षिण कोरिया र इरानमा देखिएको छ । यसबाट विश्व अर्थतन्त्रमा नकारात्मक असर परेको देखिएको । शेयर बजार ओरालो लागेको र कच्चा तेलको मुल्य प्रति व्यारेल २५ प्रतिशतसम्म घटेको सञ्चार माध्यमहरुले जनाएका छन् । लामो दुरीका धेरै हवाई उडानहरु स्थगित भएका छन् । होटल व्यवसायको अवस्था पनि दयनीय बनिरहेको देखिन्छ । यसबेलासम्म नेपालीहरुमा कोरोना भाइरसको संक्रमण भेटिएको छैन तर विश्व अर्थतन्त्रमा देखिएका नकारात्मक अवस्थाबाट नेपाल मुक्त हुन सकेको छैन ।
कोरोना भाइरसबाट सबैभन्दा बढी सिकार चीन भएपनि यतिबेला त्यहाँ यसको नियन्त्रण हुँदै गइरहेको छ र अवस्था सामान्य बन्दै गइरहेको देखिदैछ ।
कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको खबर सार्वजनिक भएसँगै सरकारले जमघट हुने भोज भतेर , सभा , सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न र कोरोना भाइरसबाट सचेत रहन नागरिकहरुलाई आह्वान गरे सँगै एकाध बाहेक धेरै मानिसहरु भेला हुने औपचारिक सभा सम्मेलनहरु स्थगित भएका छन् ।
कोरोना भाइरसको जोखिमका कारण २०७६ चैत २७-३० गतेसम्म जनकपुरमा राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको नेपाल कम्युनिष्ट पार्टीको सो राष्ट्रिय सम्मेलन स्थगित भएको सो पार्टीलज जनाएको छ । उक्त पार्टीका अध्यक्ष ऋषि कट्टेलले अवस्था हेरेर २०७६ चैतको अन्तिम सातातिर केन्द्रीय समितिको बैठक आयोजना गर्ने योजना रहेको बताउनुभयो । “कोरोना भाइरसको निहुँमा भइरहेको कृतिम अभाव र कालाबजारीको नेपाल कम्युनिष्ट पार्टीले घोर विरोध गर्दै नेपाली जनताको जीवनस्तर सामान्य बनाउन र कालाबजारी तथा कृतिम अभावको यथाशीघ्र अन्त गर्न नेपाल सरकारलाई आग्रह गर्दछ” उहाँको भनाई छ ।