नागरिक विकास साकोसले आफ्नो १०औं वार्षिक उत्सवको अवसरमा ग-यो खुल्ला रक्तदान कार्यक्रम

0 Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कोशलटारमा आफ्नै सुविधा सम्पन्न भवनमा मुख्य कार्यालय र ललितपुरको महालक्ष्मी नगरपालिका-१, इमाडोल- रातामकै चोकमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्थि लि.ले विभिन्न रचनात्मक क्रियाकलाप गरी आफ्नो १०औं वार्षिक उत्सव मनाएको छ । यसै सन्दर्भमा हिजो सो संस्थाको मुख्य कार्यालयको संयोजन , इमाडोल-रातामकै चोक स्थित सदस्य सेवाकेन्द्रको आयोजना र रक्त सञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा इमाडोल-रातामकै चोकमा खुल्ला रक्तदान कार्यक्रम तथा सोही सेवाकेन्द्रको कार्यालय परिसरमा नि:शुल्क सुगर तथा शरीरको होलबडी जाँच गर्ने कार्यक्रम सम्पन्न भयो । कोरोना भाइरसको त्रासका वीच सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पन्न उक्त रक्तदान कार्यक्रममा २४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए भने २४ जनाले सुगर सहित शरीरको होलबढी चेक अप गरेका थिए । त्यस रक्तदान कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई आयोजक संस्थाका अध्यक्ष नुनम सुब्बाले प्रमाण-पत्र प्रदान गर्नुभयो ।
स्थापना भएको छोटो समयमा उल्लेख्य प्रगति गर्न सफल भएको सो संस्थाले २०७६ मंसीर १ गतेबाट ललितपुरको महालक्ष्मी नगरपालिका-१, इमाडोल- रातामकै चोकमा सञ्चालन शुरु गरेको सदस्य सेवाकेन्द्रमा पनि मुख्य कार्यालयमा झैं राम्रो सँग वित्तीय कारोवार भइरहेको उक्त संस्थाका शाखा अधिकृत रमेश सुवालको भनाई छ ।

रक्तदान कार्यक्रमको झलक

Leave a Reply