थिमि स्वावलम्वन साकोसले आफ्ना जेष्ठ सदस्यहरुलाई गरायो तीर्थ भ्रमण
भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका-७, चपाचोमा रहेको थिमि स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप-समितिको आयोजनामा २०७६ फागुण ९ गते महाशिवरात्रीको दिन
सो संस्थाका जेष्ठ नागरिक सदस्यहरुलाई धार्मिक तीर्थस्थल भ्रमण गराएको उक्त संस्थाले जनाएको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको गुन्डु स्थित नयाँ स्थापना भएको पाथिभरा मन्दिरमा उहाँहरुलाई दर्शन गराउनुका साथै भक्तपुर नगर भित्र सञ्चालित सिद्धि शालिग्राम जेष्ठ नागरिक आश्रममा ब्यवस्थित गरिएको ४४ जना जेष्ठ नागरिकहरुको वस्तुस्थिति र आश्रम बारे कर्मचारीले जानकारी गराउनु भयो।
भक्तपुर स्थित पाथिभरा मन्दिरमा जेष्ठ नागरिक सदस्यहरु र त्यस संस्थाको तर्फबाट रु.१२,००० र सिद्धि शालिग्राम जेष्ठ नागरिक आश्रमलाई रु.८,००० आर्थिक सहयोग त्यसै संस्थाका अध्यक्ष दिलकृष्ण प्रजापतीबाट हस्तान्तरण गरिएको थियो ।
भ्रमणको क्रममा प्रत्येक बर्ष झै यस बर्ष पनि राधे राधे धार्मिक सेवा केन्द्रमा भजन किर्तन कार्यक्रममा सामेल गराइएको थियो । सो जेष्ठ नागरिक सदस्य
धार्मिक अवलोकन भ्रमणमा १३५ जना जेष्ठ नागरिक सदस्यहरु सहभागी हुनु भएको थियो
