गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा रोयल साकोस , पोखराले ग-यो रु.१,०१,३५९ आर्थिक सहयोग

बचत तथा ऋण कारोवार सञ्चालन गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गरिरहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ध्रुमुस सुन्तली फाउण्डेसनको अगुवाईमा चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि यही फागुन २३ गते रु. १ लाख १ हजार ३ सय ५९ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो संस्थाका अध्यक्ष तुलसीप्रसाद गुरुङ्गले अभिनेत्री कुञ्जना घिमिरे (सुन्तली) लाई सो रकम हस्तान्तरण गर्नु भएको उक्त संस्थाले जनाएको छ । उक्त रंगशाला निर्माणको सहयोगको लागि उक्त फाउण्डेशनले तयार गरेको सेन्टी भाइरस फिल्म प्रर्दशनको लागि पाेखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले हल बुक समेत गरेको जनाएको छ ।
त्यस निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने क्रम चलिरहेको देखिएको छ । सोही रंगशाला निर्माणको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले २०७६ माघ २२ देखि २६ गतेसम्म धनधान्याचल महोत्सव सञ्चालन भएको थियो । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य , राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती लगायत विभिन्न सहकारी संघ/संस्थाहरुका प्रतिनिधिहरु , सहितका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु एवं संघ/संस्थाहरुक़ सहभागीता रहेको थियो । त्यस अवसरमा विभिन्न संघ/ संस्थाहरुका साथै नेफ्स्कूनका लेखा सुपरीवेक्षण समिति संयोजक नवराज सापकोटाले रु.५१ हजार ५ सय ५५ तथा चितवन जिल्लामा रहेका सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लि.ले रु.५ लाख ५५ हजार ५ सय ५५ , फेन्सी बचत तथा ऋण सहकारी संस्था लि.ले रु.१ लाख १ हजार १ सय ११ , सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.ले रु.५५ हजार ५ सय ५५ , अर्थगणेश बचत तथा ऋण सहकारी संस्था लि.ले रु.५० हजार ५ सय ५५ , निलगिरी बचत तथा ऋण सहकारी संस्था लि.ले रु.४२ हजार ४ सय ६५ प्रदान गरेका थिए भने चितवन जिल्लाका विभिन्न सहकारी संघ/संस्थाहरुले रु.५० लाख भन्दा बढी रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
३० हजार सिट क्षमताको उक्त रंगशाला रु.३ अर्व लागतमा २ वर्ष भित्र उ निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।