साना किसान कृषि सहकारी संस्था लि., डुमरबाना, बाराले ग-यो सिमरामा सेवाकेन्द्र तथा व्यवसायिक भवनको सिलान्यास

बाराको डुमरबानामा रहेको साना किसान कृषि सहकारी संस्था लि. ले सिमरामा आफ्नो सदस्य सेवाकेन्द्र तथा व्यवसायिक प्रयोजनको लागि निर्माण हुन लागेको भवनको सो संस्थाका अध्यक्ष विश्वनाथ लामिछाने सहितले हिजो शिलान्यास गर्नुभयो । रु.१ करोड ४५ लाख लागतमा उक्त ३ तले भवन १ वर्षभित्रमा निर्माण सकिने योजना रहेको अध्यक्ष लामिछानेको भनाई छ । सिर्जनशील निर्माण सेवा हेटौंडाले सो भवन निर्माणको जिम्मा पाएको बताइएको छ । उक्त भवन निर्माण सम्पन्न भएपछि सो संस्थाको सिमरामा रहेको सदस्य सेवाकेन्द्र त्यहीबाट सञ्चालन हुने छ भने त्यस भवनलाई व्यवसायिक ढंगबाट उपयोग गर्ने उद्देश्य अनुरुप उक्त संस्थाले आफ्ना सदस्यहरुले उत्पादन गरेको धान , गहुँ आदिको बीऊ खरिद गरी प्रशोधन , ब्राण्डिङ्ग तथा प्याकेजिङ्ग गर्ने तथा अन्य सहपाठी सहकारीहरुले उत्पादन गरेको दाल, चिया, तेल लगायतका सामग्रीहरु खरिद तथा बेचविखन गर्ने जस्ता कार्यमा प्रयोग गर्ने योजना रहेको सो संस्थाले जनाएको छ ।