भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सदस्य सेवा केन्द्र शुभारम्भ

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि ,भक्तपुरको सदस्य सेवा केन्द्र मध्यपुर थिमि नगरपालिका वडा नं. ६, पाटी विहारमा २०७६ चैत्र १ गते देखि सेवा केन्द्र शुभारम्भ भयो । सेवा केन्द्रको शुभारम्भ गर्नु हुदै नेफ्स्कूनका पुर्व अध्यक्ष कैलाश भक्त प्रधानांगले भक्तपुर जिल्ला बचत संघ समुदायमा आधारित सहकारी संस्थाको अभियानमा अग्र स्थानमा रहेको बताउनु भयो । बचत संघ जिल्लामा अरु संघ भन्दा बलियो रहेकोले अरु संघलाई सहयोग गर्नुपर्ने कुरा बताउनुभयो । वहाँले नेपालमा सहकारी ऐन २०७४ कार्यान्वयनमा नआउदै संशोधन गर्नुपर्ने अवस्थाले सरकारले सहकारीलाई गम्भिरताका साथ अंगाल्न नसकेको कुरा समेत बताउनुभयो ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सदस्य संस्थाहरुको माग बमोजिम सेवा केन्द्र शुरुवात गरेको बताउदैँ संघले सहकारी अभियानमा देखिएका कानुनी जटिलताका आधारमा आटिन नहुने कुरा बताउनुभयो । मध्यपुर थिमि नगरपालिका वडा नं ६ का वडा अध्यक्ष इन्द्रबहादुर प्रजापतिले संघको सेवा केन्द्र मथिनपामा शुभारम्भ गरेकोमा खुशी व्यक्त गर्नुहुदैँ सहकारी अभियानले मध्यपुर थिमिको सहकारी अभियानलाई मजबुत बनाउने विचार व्यक्त गर्नुभयो । संघका उपाध्यक्ष हरि बल्लले सेवा केन्द्र मार्फत सदस्यता बृद्धि र संघको कारोवार बृद्धिमा टेवा पुग्ने कुरा बताउनुभयो । संघका कोषाध्यक्ष कान्छा भक्त घजुले स्वागत मन्तव्य राख्नुहुदँ संघको सेवा सुविधा उपभोग गर्न अनुरोध गर्नु भयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको संक्षिप्त परिचय दिनुहुदैँ संघको सेवा सुविधाको विषयमा प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिका भित्रका ५६ वटा सदस्य संस्थाहरुबाट ६९ जनाको उपस्थिति रहेको थियो ।

Leave a Reply