सिवाईसी साकोस , बागलुङले बनायो साविक तित्याङ गा.वि.स. वडा नं. १ र ५ छुट्टाछुट्टै गाउँ टोल समन्वय उप-समिति

२०७६ चैत्र ०१ गते सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि., बागलुङले बागलुङ नगरपालिका-९ , साविकको तित्याङ गा.वि.स. वडा नं.१, धुवाखोला र ५ ,गामा र अडडाडामा छुट्टै छुट्टै
गाउँ टोल समन्वय उप-समिति गठन कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । त्यस संस्थाकी कोषाध्यक्ष दिलाकुमारी थापा छेत्रीको अध्यक्षतामा धुवाँखोलामा सम्पन्न कार्यक्रममा २६ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमबाट शेरबहादुर खत्री संयोजक तथा टेकबहादुर खड्का , शोभा खड्का , यामकुमारी खड्का र डम्बरकुमारी खड्का सदस्य रहेको धुवाँखोला गाउँ टोल समन्वय उप-समिति गठन गरेको जनाइएको छ ।
यसैगरी गामा र अडडाडामा समाजसेवी दिलबहादुर खड्काको अध्यक्षता र संस्थाका कर्मचारीहरुको नेतृत्वमा सम्पन्न गाउँ टोल समन्वय उप-समिति गठन कार्यक्रम सम्पन्न भयो । २५ जनाको सहभागिता रहेको सो कार्यक्रमबाट हर्कबहादुर थापा मगर संयोजक तथा तारा थापा , लक्ष्मी खत्री क्षेत्री , दपा वि.क. र सविता विश्वकर्मा सदस्य रहनु भएको जनाइएको छ ।
ती कार्यक्रमहरुको सञ्चालन सेवाकेन्द्र प्रमुख संगीता पौडेल र सस्थाकी कोषाध्यक्ष दिलाकुमारी थापा क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रममा साकोसमा किन सदस्यता लिन आवश्यक छ् भन्ने कुरा सहित संस्थाका शेयर सद्स्यहरुलाई सहकारी कानुनी शिक्षा मार्फत हाल आएका नयाँ ऎन/ नियमहरु बारेमा शिक्षित बनाउनु पर्ने विषय अवगत गराइएको थियो। कार्यक्रम पश्चात सोही संस्थामा ४ जना नयाँ शेयर सदस्य बन्नु भएको थियो ।