काठमाडौंका यमुना बहुउद्देश्यीय सहकारी संस्था लि., आइदियल सोसाइटी समिस्रन साकोस र नवमहादेव साकोस तथा उज्यालो साकोस र संपदा साकोसको छुट्टाछुट्टै एकीकरण संयुक्त साधारणसभा सम्पन्न

0 Shares

जिल्ला सहकारी संघ लि , काठमाडौंको विशेष समन्वयमा हिजो काठमाडौंका यमुना बहुउद्देश्यीय सहकारी संस्था लि. , आइदियल सोसाइटी समिस्रन बचत तथा ऋण सहकारी संस्था लि.,र नव महादेव बचत तथा ऋण सहकारी संस्था लि.को एकीकरणको संयुक्त साधारणसभा सम्पन्न भएको जानकारी प्राप्त भएको छ । ती ३ वटा संस्थाहरुको एकीकरण पछि बनेको एकीकृत संस्थाले आइदियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लि.को नामबाट कारोबार गर्ने सहमती भएको बताइएको छ । सो एकीकरण संयुक्त साधारणसभाको राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.बी. उप्रेती , सोही बैंकका सञ्चालक सदस्य तथा जिल्ला सहकारी संघ लि., काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायतले सफलताको कामना गर्नु भएको थियोे ।

त्यसैगरी जिल्ला सहकारी संघ लि., काठमाडौंको समन्वयमा हिजो नै काठमाडौंका उज्यालो बचत तथा ऋण सहकारी संस्था लि.र सम्पद बचत तथा ऋण सहकारी संस्था लि. को पनि एकीकरण संयुक्त साधारणसभा सम्पन्न भएको थियो । ती २ संस्था वीच एकीकरण पछि बन्ने एकीकृत संस्थाले उज्यालो सम्पद बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट कारोबार गर्ने सहमती भएको जनाइएको छ । उक्त साधारणसभाको भूतपूर्व कानुन , न्याय तथा संसदीय मामिला मन्त्री तथा बर्तमान सांसद शेरबहादुर तामाङ ,राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक सदस्य तथा जिल्लि सहकारी संघ लि.,काठमाडौंका आध्यक्ष ज्ञानबहादुर तामाङ लगायतले सफलताको कामना गर्नु भएको थियोे ।

Leave a Reply