पारिजात साकोस , कटुञ्जे , भक्तपुरको KYM (सदस्य पहिचान फारम)भर्ने वारे अत्यन्त जरूरी सुचना

यस पारिजात बचत तथा ऋण सहकारी संस्था लि., कटुञ्जे , भक्तपुरका सम्पुर्ण शेयर सदस्य ज्यूहरुमा "भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको" सहकारी शाखाको परिपत्र अनुसार यस संस्थाका सदस्यहरु संस्थामा आफै सक्कल नागरिकता साथमा उपस्थित भई KYM फारम अनिवार्य भर्नु पर्ने भएकोले सम्पुर्ण शेयर सदस्य ज्यूहरुमा संस्थामा आफै सक्कल नागरिकता साथै मतदाता परिचयपत्र वा जग्गा धनी प्रमाण पुर्जा साथमा लिई उपस्थित भई KYM फारम अनिवार्य भर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
सदस्यता नं १ देखि १६०० सम्मका सदस्यहरुमा KYM भर्न विशेष अनुरोध छ। साथै सदस्यता नं १६०० भन्दा माथिका सदस्य ज्यूहरुको सदस्य वन्दा कै वखत KYM फारम भरिएको र कसैको छुटेको भए संस्थामा आएको वखत सोधपुछ गर्नुहुन अनुरोध छ । साथै समयमै KYM फारम नभरेको कारण खाता वन्द हुने वा कारोवार वन्द हुन सक्ने समेत अवस्था आउन सक्ने व्यहोरा अनुरोध छ।
पारिजात साकोस कटुन्जे भक्तपुर