मल्टीस्टार साकोस , पेप्सीकोला , काठमाडौंको कूल कारोवार रु.२२ करोड

0 Shares

काठमाडौं महानगरपालिका-३२,पेप्सीकोलामा रहेको मल्टीस्टार बचत तथा ऋण सहकारी संस्था लि.को २०७६ फाल्गुण मसान्तसम्म शेयर सदस्य संख्या १,००० , शेयर पूँजी रु.२ करोड १८ लाख , निक्षेप संकलन रु.१७ करोड , कर्जा लगानी रु.१५ करोड र कूल कारोवार रु.२२ भन्दा बढी रहेको सोही संस्थाकी सचिव बन्दना घिमिरे गौतमले
बताउनुभयो । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले “राज्यले सहकारी संस्थाका खराव ऋणीहरुलाई उन्मुक्ति दिनु भएन , सहकारी कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण जति सक्यो छिटो स्थापना गरी तिनलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नु परो र यिनको प्रभावकारी ढंगबाट सञ्चालन हुँदै गएपछि सहकारीमा आएका धेरै समस्या न्युनीकरण हुँदै जाने भएकोले सहकारी संस्थाहरुमा दोहोरो सदस्यता हटाउने प्रावधान ऐनमा व्यवस्था गरी रहनु पर्देन” भन्नुभएको छ । मल्टीस्टार बचत तथा ऋण सहकारी संस्था लि.ले बचत र ऋण कारोबारका अतिरिक्त आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने ढंगबाट गतिविधि सञ्चालन गरिरहेको उहाँको भनाई छ ।
“मल्टीस्टारको उद्देश्य , सुखी र समृद्ध सदस्य” भन्ने नाराका साथ वि.सं.२०६६ श्रावण ६ गते स्थापना भएको मल्टीस्टार बचत तथा ऋण सहकारी संस्था लि.को २०७६ पुस १९ गते १०औं वार्षिक साधारणसभा सम्पन्न भयो । आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर पूँजी रु.२ करोड ५ लाख ११ हजार ८ सय , संस्थाको कूल सम्पति रु.२१ करोड ७२, लाख , १९ हजार १ सय ७६ ,खुद नाफा रु.४४ लाख ५९ हजार ८ सय २८ , बचत संकलन रु.१८ करोड ९४ लाख ४२ हजार ९ , कर्जा लगानी रु.१४ करोड ९१ लाख २० हजार ९४ रहेको तथा आर्थिक वर्ष ३०७६/०७७ मा शेयर पूँजी रु.२ करोड ५० लाख , बचत संकलन रु.२२ करोड र कर्जा लगानी रु.१८ करोड पु-याउने लक्ष्यका साथ कार्य भइरहेको बताइएको छ ।
हाल उक्त संस्थाको सञ्चालक समितिको अध्यक्षमा अनसन साख ,उपाध्यक्षमा विष्णु श्रेष्ठ , सचिवमा बन्धना घिमिरे गौतम र कोषाध्यक्ष धीरज बुढाथोकी तथा सदस्यमा लेखनाथ घिमिरे , अञ्जली ताम्राकार , अस्मिन् सिटौला , सुशिला दाहाल र काजीलाई श्रेष्ठ एवं लेखा सुपरीवेक्षण समितिको संयोजकमा पवन गड्तौला तथा सदस्यमा सुरज पोखरेल र भुवन भट्ट कार्यरत रहनु भएको छ । त्यसैगरी सो संस्थाको व्यवस्थापकमा सविना गुरागाई हुनुहुन्छ भने अरु कर्मचारीहरु ज्योती खड्का , उपासना आचार्य , स्वेता गच्छेदार , शिक्षा पोखरेल , समिका डंगोल , सानु कटुवाल र कल्पना सापकोटा विभिन्न पदीय जिम्मेवारीमा रहेर कार्यरत हुनूहुन्छ ।

Leave a Reply