मुक्तिनाथ विकास बैंक लिमिटेडमा बचत खाता खोल्दा हितग्राही (डिम्याट) खाता निः शुल्क खोल्न सकिने

0 Shares

नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजत प्राप्त मुक्तिनाथ विकास बैंक लिमिटेडमा बचत खाता खोल्दा हितग्राही (डिम्याट) खाता निः शुल्क खोल्न सकिने
सो बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको विभिन्न वित्यती आवाश्यकताहरु पूरा गर्दै बैंकसँगको
कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन साथै बचत खाताहरुमा नवीनत्तम सुविधाहरु प्रदान
गर्दै जाने योजना अनुरुप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था मिलाइएको जनाएको छ । देशभर सञ्चालनमा रहेका सो बैंकका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थित भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही
खाता उपलब्ध गराइने ब्यहोरा समेत बैंकले जनाएको छ । भौतिक सेयर प्रमाणपत्रलाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने छ भने यो योजना सीमित अवधीको लागि मात्र लागु हुने उक्त बैंकको भनाई छ ।
सो विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका
सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको तथा प्रविधिमा आधारित
रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा लगायतका
सेवाहरु पनि प्रदान गर्दै आइरहेको सोही बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले
बताउनु भएको छ ।
कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर-सरकारी संघ/संस्था, विभिन्न व्यापार/व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ/संस्था तथा विषयगत सहकारी संघ/संस्था लगायत अन्य संघ/संस्थालाई लक्षित गरी “मुक्तिनाथ संस्थागत
उपलब्धी खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता’’ सञ्चालनमा ल्याएको बताइएको छ ।
मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत रु. १,०००/– न्युनतम मौन्दातमा संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार र प्रोइपाइटरहरुले रु. ७ लाखको दुर्घटना मृत्यु बीमाको सुविधा प्राप्त गर्नेछन् । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निः शुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत रु १००÷– न्युनतम
मौन्दातमा संस्थाका सम्पुर्ण कर्मचारीका लागि रु ७ लाखको दुर्घटना मृत्यु बीमाको सुविधाका साथै व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा रु.१५ लाख मध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी विना धितो कर्जा सुविधा लिन सकिने सो बैंकको भनाई छ । मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संस्थाका कमचारीहरुले मात्र यो बचत खाता खोल्न सक्नेछन् रयस व्यक्तिगत उपलब्धी बचत योजना अन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ),नि:शुल्क अन्तर शाखा कारोबार, नि: शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निः शुल्क Debit visa card सेवा यो बैंकको १३३ वटै शाखाहरुबाट लिन सकिने जनाइएको छ ।

Leave a Reply