नोवेला कोरोना भाइरसको त्रासले एस.ई.ई. परीक्षा स्थगित , भिडभाड हुने बसपार्कमा हेल्थ डेस्क स्थापना गर्न राष्ट्रिय यातायात महासंघको माग

0 Shares

नेवोला कोरोना भाइरसCcovid-19) को त्रास बढिरहेको छ । यही कारण देखाउदै नेपाल सरकारले यही चैत ६ गतेबाट शुरु हुन लागेको एस.ई.ई. परीक्षा स्थगित गरेको जानकारी प्राप्त भएको छ । सो परीक्षाको सबै जसो तयारी पूरा भएको अवस्थामा परीक्षा स्थगित हुदाँ परीक्षा दिने तयारीमा रहेका विद्यार्थी तथा अभिभावकहरु छक्क परेको देखिएको छ । आजसम्ममा देशभरका अधिकांश विद्यालयको वार्षिक परीक्षा सकिएको छ ।
यता राष्ट्रिय यातायात महासंघले बढी भिडभाड हुने बसपार्कमा हेल्थ डेस्क राख्नु माग गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय यातायात महासंघका महासचिव सरोज सिटौलाले आँट र हिम्मत हुने चालकहरुले मात्रै सवारी साधन चलाई रहेको बताउनुभयो ।

Leave a Reply