प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै, उहाँको आजै डिस्चार्ज हुने

गए राती मुटुमा समस्या देखिएपछि काठमाडौको महाराजगञ्ज स्थित त्रि.वि. शिक्षण अस्पतालमा भर्ना हुनु भएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्वास्थ्य अवस्था यतिबेला सामान्य बनेकोले उहाँको आजै डिस्चार्ज हुने सो अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको मुटुको समस्या नयाँ नभई पुरानै रहेको उक्त अस्पताल स्रोतको भनाई छ ।
……………………………..
घरैमा बसौं- सुरक्षित रहौं ! कोरोना भाइरस(COVID-19) नियन्त्रणको लागि सरकारलाई सहयोग गरौं !!
– सहकारी सञ्जाल परिवार