आफ्ना शेयर सदस्यहरुको स्तरोन्नती गर्दै धरहरा साकोस , जावलाखेल


ललितपुरको जावलाखेल चोकमा रहेको धरहरा बचत तथा ऋण सहकारी संस्था लि.ले बचत र ऋण कारोवार सँगै आफ्ना शेयर सदस्यहरुको स्तरोन्नतीको लागि सहयोग पुग्ने गरी रचनात्मक गतिविधि सञ्चालन गरिरहेको सो संस्थाका अध्यक्ष भगिरथ थापा मगरले बताउनु भएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले हाम्रो यस धरहरा बचत तथा ऋण सहकारी संस्था लि.मा २०७६ फाल्गुण मसान्तसम्म शेयर सदस्य संख्या ८७८ , शेयर पूँजी रु.१ करोड ६ लाख ७५ हजार ६ सय ८० , निक्षेप संकलन रु.९ करोड ७४ लाख ८३ हजार ७ सय ८९ र कर्जा तथा सापटी रु.६ करोड ४७ लाख ३१ हजार ७ सय ८९ रहेको छ भन्नुभयो । “सहकारी कर्जा सूचना केन्द्र र सहकारी ऋण असुली न्यायाधिकरण जति सक्यो चाँडो स्थापना गरी प्रभावकारी ढंगबाट सञ्चालन गर्नु परो र खराब ऋणीलाई कालोसूचीमा राखेर कडा कारबाही गर्ने कार्य सरकारले अविलम्व गरोस् । यी कार्यहरु प्रभावकारी ढंगबाट अगाडि बढे सँगै एउटा व्यक्ति एक स्थानीय तहभित्रको एकै प्रकृतिको एउटा मात्रै सहकारीको सदस्य बन्नु पर्ने भन्ने प्रावधान सहकारी ऐन/ नियमावलीमा व्यवस्था गरी रहनु आवश्यक छैन” उहाँको भनाई छ । “नेपाल सरकारले अवलम्वन गरेको “समृद्ध नेपाल र सुखी नेपाली” नारालाई पूरा गर्न आर्थिक रुपमा आत्मनिर्भर हुन जरुरी छ र आत्मनिर्भरता लागि सहकारी नै उपयुक्त क्षेत्र हो भन्नेमा दुई मत छैन” उहाँको कथन छ ।

यतिबेला सो संस्थाको सञ्चालक समितिको अध्यक्षमा भगिरथ थापा मगर, उपाध्यक्षमा घनश्याम थापा , सचिवमा सन्तोष कुँवर , कोषाध्यक्षमा इन्टर राई तथा सदस्यमा सुकुमाया तामाङ , बद्री न्यौपाने र नवीन थापा मगर एवं लेखा सुपरीवेक्षण समितिको संयोजकमा शिव थापा मगर र सदस्यमा आशिष तामाङ कार्यरत रहनु भएको उक्त संस्थाले बताएको छ । १८ जना कर्मचारी कार्यरत रहेको त्यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको सोही संस्थाको सूचाङ्कबाट देखिएको छ । २०७६ पुस २६ गते आफ्नो ९औं वार्षिक साधारणसभा सम्पन्न गरेको उक्त संस्थाको आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर पूँजी रु.९२ लाख २२ हजार , निक्षेप संकलन रु.७ करोड ७० लाख २६ हजार ४ सय २३/३२ , कर्जा तथा सापटी रु.६ करोड ७६ लाख ८७ हजार ६ सय ३/०५ , कुल आम्दानी रु.२ करोड ११ लाख ८ हजार ८१/८६ , कूल खर्च रु.१ करोड ५० लाख ४१ हजार २ सय ४७//७० र कुल कारोवार रु.९ करोड ४१ लाख १२ हजार ६ सय ८२/०९ रहेको थियो ।

