उत्पादनमूलक बहुउद्देश्यीय कार्य गर्दै ललितपुर बहुउद्देश्यीय सहकारी संस्था लि., लगनखेल

0 Shares

ललितपुरको लगनखेलमा रहेको ललितपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले दर्ता हुँदाको मुख्य उद्देश्य अनुरुप बचत तथा ऋण कारोवार सँगै उत्पादनमूलक कार्य गरिरहेको , यसैक्रममा यसले ललितपुरको गोदाबारी नगरपालिका-८, फर्सीटोलमा कृषि तथा पशुपालन गरिरहेको र यसको अवस्था सन्तोषजनक रहेको सो संस्थाका कार्यकारी प्रमुख शिवगोपाल थापाले बताउनु भएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले सहकारी ऐन , २०७४ मा व्यवस्था भएएको प्रावधान अनुरुप बहुउद्देश्यीय सहकारी संस्थाहरुले ३० प्रतिशत बचत तथा ऋणमा र ७० प्रतिशत अन्य कार्यमा लगाउनु पर्दछ भन्ने विषय अस्पष्ट छ र त्यो विषय बहुउद्देश्यीय सहकारी संघ/संस्थाको हितमा नभएकोले त्यसलाई स्पष्ट पारी बहुउद्देश्यीय सहकारी संघ/संस्थाको विकास र प्रवर्द्धन हुने गरी सहकारी ऐन/ नियमावली संशोधन हुनु पर्दछ भन्नुभयो ।
२०७६ पुस १९ गते आफ्नो २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको उक्त संस्थामा २०७६ फाल्गुण मसान्तसम्म बचत (निक्षेप) संकलन रु.४ करोड ८६ लाख ६ हजार ६ सय ३/५९ , शेयर पूँजी रु.९३ लाख ८४ हजार ५३ र कर्जा तथा सापटीथ रु.४ करोड ४८ लाख १० हजार ९ सय ४६ रहेको सोही संस्थाका सचिव शान्त गोविन्द महर्जनको भनाई छ । त्यो संस्था आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी गतिविधिहरु सञ्चालन गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको उसका आर्थिक सूचाङ्कबाट देखिएको छ । यतिबेला सो संस्थाको सञ्चालक समितिको अध्यक्षमा जितमल महर्जन ,उपाध्यक्षमा माणिकलाल शाक्य , कोषाध्यक्षमा शिवगोपाल थापा र सचिवमा शान्त गोविन्द महर्जन तथा सदस्यमा जीत गोविन्द महर्जन , बेखामुनि महर्जन , जगत वीर महर्जन र उर्मिला के.सी. एवंम लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामभक्त डंगोल तथा सदस्यमा सुरज महर्जन र प्रेमलाल महर्जन कार्यरत हुनुहुन्छ । आर्थिक वर्ष २०७५/०७६ मा सोही संस्थामा शेयर सदस्य संख्या ६४० , शेयर पूँजी रु.८९ लाख ५२ हजार ३ सय ४ , बचत (निक्षेप) संकलन रु.४ करोड ६४ लाख ३९ हजार ७ सय ४५/५९ ,कर्जा तथा सापटी रु.४ करोड ३८ लाख १ हजार ७ सय ४१ र कूल पूँजी तथा दायित्व रु.५ करोड ६४ लाख ५१ हजार ४ सय ८२/६७ रहेको बताइएको छ ।

Leave a Reply