सहकारी संघ /संस्थाहरुका लागि राष्ट्रिय सहकारी महासंघ लि.को जरुरी सूचना !

0 Shares

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उच्च जोखिमलाई मध्यनजर राख्दै नेपाल सरकारले मिति २०७६ चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि पूरै नेपालभर लकडाउन गरेको सन्दर्भमा अझ पनि केही सहकारी संघ/संस्थाहरुमा दुविधा उत्पन्न भएको देखिएकोले यो सूचना जारी गरिएको छ ।
विश्वभर फैलिइरहेको उक्त महामारीको जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकारले गरेको सो निर्णयको हार्दिक स्वागत गर्दै यसको पूर्ण पालना गर्नु गराउनु हामी सवैको दायित्व हो । यसर्थ स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन लगायतका अतिआवश्यक सेवा प्रवाह गर्ने सहकारी संघ /संस्थाले सावधानीपूर्वक पूर्ण सुरक्षाको उपायहरु अवलम्वन गरी सेवा प्रवाह गर्नहुन अनुरोध गर्दै अन्य प्रविधियुक्त सेवा वाहेक सम्पूर्ण सहकारी संघ संस्थाहरु वन्द गरी उच्च जोखिमको न्यूनीकरणका लागि ऐक्यवद्ध हुन हार्दिक अपिल गर्दछौं ।

मीनराज कंडेल
अध्यक्ष तथा
राष्टिय सहकारी महासंघ लि. परिवार

Leave a Reply