चन्द्सूर्य साकोस , सातदोबाटो , सेतीदेवी दुग्ध सहकारी संस्था लि., सिञ्चाहिटी साकोस र गोकर्ण साकोसको अनुरोध !

![]()
नमस्कार
चन्द्रसुर्य वचत तथा ऋण सहकारि संस्था लिमिटेड २०७६ चैत्र १० गते सोमवार सम्म पूर्ण रुपमा सेवामा समर्पित नै रह्यो।आज घोडे जात्रा उपत्यका विदा भएकोले कार्यालय पूर्ण रुपमा वन्द रहेको सूचना मार्फत जानकारी गराएका थियौं । हिजो ०७६ चैत्र १० गते साँझ नेपाल सरकारले विश्र्वभरी महाँमारिको रुपमा फैलिएको कोरोना भाइरस (COVID 19) को संक्रमणलाई नेपालमा वढ्न नदिन आज ०७६ चैत्र ११ गते मंगलवार विहान ६ वजे देखि चैत्र १८ गतेसम्म लकडाउन गरेको र अत्यावश्यक काम वाहेक घरवाट वाहिर ननिस्कान अनुरोध/आदेश गरेको/दिएको साथै संस्थालाई वैंक तथा वित्तीय संस्थाहरुले रकम उपलव्ध गराउन नसक्ने जानकारी गराएकोले अर्कों सूचना नआएसम्मको लागि संस्था पूर्ण रुपमा वन्द रहने जानकारी गराउदछौं । यसवाट पर्ने असुविधा प्रति सम्पूर्ण शेयर सदस्य महानुभावहरुसँग संस्था र दैनिक कार्य सम्पादनको टिम क्षमा माग्न चाहन्छ । हामी सदा झै हजुरहरुको साथ र सहयोगको अपेक्षा गर्दछौं।
नोट:-कुनै पनि हामीले समाधान गर्न सक्ने समस्या छ भने कृपया हामीलाई सम्झदा हामी खुशी नै हुनेछौं।
फ़ोन नं. ९८५१०९५९५५
जय सहकारि।धन्यवाद !!
-रामशरण बस्नेत , अध्यक्ष तथा
चन्द्रसूर्य वचत तथा ऋण सहकारि संस्था लिमिटेड
सातदोवाटो, ललितपुर परिवार
……………………………..
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट बच्नको लागि आज चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म पूरै देश लकडाउन गर्ने नेपाल सरकारको निर्णय वमोजिम पनि यस संस्थाका सम्पूर्ण कर्मचारीलाई बिदा दिई संस्थाले सञ्चालन गरेको सम्पुर्ण कार्यक्रमहरु दुध सकंलन र बचत तथा ऋण लगायतका सम्पुर्ण कारोबार अर्को सूचना प्रकाशित नभएसम्मलाई बन्द गरिएको व्यहोरा सम्पुर्ण शेयर सदस्य तथा कृषकहरुमा जानाकारी गराइन्छ । साथै यस विषम परिस्थितिमा आफूलाई संयमित राखी घरमा सुरक्षित रहन सम्पूर्ण शेयर सदस्य ज्यूहरुमा हार्दिक अनुरोध गदर्छौ ।
– सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड
……………………………..

अहिले नेपालको अवस्था जस्तो छ – १५ – २० दिन अगाडि इटालीको अवस्था पनि त्यस्तै थियो ! सरकारले हरेक ठाउँमा बन्दी गरेको थियो , मानिसलाइ काम नपरी बाहिर ननिस्कन भनेको थियो , साबुनपानीले हात धुन मास्क लगाउन भनेको थियो , भेला नहुन भनेको थियो , घर भित्रै बस्न भनेको थियो तर अहिले हामीले कोरोना भाइरस लाई जस्तो सामान्य सोचेका छौं , उनिहरुले पनि त्यस्तै (COVID-19) सामान्य सोचेर सरकारलाइ टेरेनन् , बहिर निस्कन र हिंड्न छोडेनन् , रेस्टुरेन्ट जान , भेला हुन र गोष्ठी गर्न छोडेनन् । अब अहिले हेर्नुस् इटालीको हालत कस्तो छ ? हरेक दिन ३००- ४०० मनिसहरुले ज्यान गुमाइरहेका छन् । भाइरसका कारण मर्नेको संख्या १५ दिनको अवधीमै चीनको भन्दा धेरै भैसकेको छ । पछिल्लो २४ घन्टामा मात्रै ७५० जना जतिले ज्यान गुमाएका छन् । सजिलो छैन यो मरण । तपाइलाई कोरोना भाइरस लाग्यो भनेर थाहा पाउने बित्तिकै परिवारसँग भेटन दिदैनन् । मरेपछि पनि घर लैजान दिदैनन् । कोरोना भाइरस १ जनालाइ लागिहाल्यो भने यो फैलिन धेरै समय लग्दैन । नेपाल सानो देश , त्यसैमाथि हामीसंग कुनै प्रविधि छैन । त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ती पनि समय लाग्दैन । अहिले हाम्रो सरकारले पनि हामीलाइई धेरै सुझावहरु दिइराखेको छ तर हामीले त्यसलाई मजाकमा लिइरहेका छौ । यस्तै गर्यौं भने हाम्रो हालत पनि इटालीको जस्तो नहोला भन्न सकिंदैन । त्यसैले हामी पनि अहिल्यैबाट सचेत होऔं । जथाभावी बाहिर ननिस्कौं । बेलाबेलामा साबुनपानीले हात धोऔं र आफूले समातेका बस्तुहरुमा कुनै किटाणु छैनन् भन्ने निश्चित होऔं । मास्कको प्रयोग गरौं । भिटामीन ‘सी’ युक्त खानेकुराहरु जस्तै टमाटर , खुर्सानी , सिम्ला , कागती , सुन्तला , किवि , काउली , ब्रोकाउली इत्यादिको सेवन गरौं । घरमै बसौं र यो प्रकोपलाइ निम्तिन नदिऔं । आफू पनि सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित हुन निर्देशन दिऔं । नत्रभने हामी नेपालीको अस्तित्व पनि संकटमा छ ।
-सिञ्चाहिटी साकोस , सिञ्चाहिटी , ललितपुर परिवार
……………………………..
हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को जोखिमका कारण नेपाल सरकारको निर्णय अनुसार देशव्यापी लकडाउन गरिएको हुँदा मिति २०७६-१२-११ देखि २०७६-१२-१८ सम्मका लागि संस्था बन्द रहने व्यहोरा सबैमा सुचित गरिन्छ। यसबाट सदस्यहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं ।
-गोकर्ण बचत तथा ऋण सहकारी संस्था लि., गोकर्णेश्वर , काठमाडौं परिवार
