कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंक लि.ले रु.११,११,१११ सहयोग गर्ने

सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लि.ले महामारीका रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरस (COVID-19)को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले निर्माण गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु. ११,११,१११ सहयोग गर्ने निर्णय गरेको जनाएको छ । उक्त
बैंकको सञ्चालक हमिति तथा लेखा सुपरीवेक्षण समितिको बैठक भत्ता, कर्मचारीहरुको एक दिन बराबरको तलव सहित समावेश गरी सरकारले सञ्चालन गरेको सो कोषमा त्यो रकम सहयोग गरिने सोही बैंकका अध्यक्ष के.वी. उप्रेतीको भनाई छ । उक्त बैंकका अध्यक्ष के.बी. उप्रेतीले सोमबार एक अपील प्रकाशित गरी कोरोना भाइरस संक्रमण विरुद्ध राष्ट्रिय सहकारी बैंक लि.को प्रयास, संकटको समयमा सो बैंकको सेवा र त्यस बैंकका तर्फबाट देशभरका सहकारी संघ/ संस्था तथा आम जनसमुदायमा सचेतनाका लागि समेत अनुरोध गर्नुभएको छ ।
कोरोना संक्रमण विरुद्ध बैंकले प्रदेश स्तरमा सहकारी संघ /संस्थाहरु मार्फत क्वारेन्टाइन बनाउने कार्यक्रममा सहकार्य गर्ने उहाँले बताउनुभयो ।