नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ पुग्यो, पाचौं दिन पनि देशभर लकडाउन जारी रहँदा उद्योगी/व्यवसायीहरुलाई वित्तीय संस्थाको ऋणको कसरी तिर्ने भन्ने चिन्ता

0 Shares

आज फेरि बागलुङ्गकी १९ वर्षीया युवतीमा कोरोना भाइरस(COVID-19) संक्रमण देखिएको छ । यही चैत्र ४गते बेल्जियमबाट कतार हुदै नेपाल आएकी ती युवतीमा कोरोना संक्रमण भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ पुगेको जनाइएको छ । उनलाई उपचारका लागि बागलुङ्गबाट काठमाडौं ल्याउने प्रवन्ध भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएका २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा र १ जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र तिनीहरु तीनै जनाको अवस्था सामान्य रहेको सो मन्त्रालयको भनाई छ ।
आजसम्म ९०० भन्दा बढीको कोरोना भाइरस परीक्षण हुँदा ५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको बताइएको छ ।
यता आजै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पीपीई लगायतका स्वास्थ्य सामाग्री लिन चीन गएको छ ।
उता आज ५औं दिन पनि देशभर जारी रहेको लकडाउनका कारण देशभर सुनसान रह्यो । छिटफुट
बाहेक अधिकांश नागरिकहरु घरैमा बसेका थिए । ५औं दिन पनि लक डाउन जारी रहदा दिनभरी काम गरेर विहान बेलुका परिवारको छाक टार्नु पर्नेहरु मारमा परेको देखिएको छ भने वित्तीय संस्थाबाट कर्जा लिएर उद्योग/व्यवसाय सञ्चालन गरिरहेका नागरिकहरु भने वित्तीय संस्थाको ऋणको सावा व्याज कसरी तिर्ने भनेर चिन्तित बनिरहेको पाइएको छ ।

………………………………….

घरैमा बसौं- सुरक्षित रहौं! कोरोना भाइरस(COVID-19) नियन्त्रणका लागि सरकारलाई सहयोग गरौं!!
– सहकारी सञ्जाल परिवार

Leave a Reply