सहकारी अभियानकर्मीहरुले गरे ६३ औं राष्ट्रिय सहकारी दिवशको अवशरमा शुभकामना आदान प्रदान

0 Shares

सहकारी अभियानकर्मीहरुले ६३औं राष्ट्रिय सहकारी दिवसको अवशरमा आज एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन् । महामारीको रुपमा द्रुत गतिमा विश्वका २०२ वटा देशहरुमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिन नदिन नेपाल सरकारले देशभर लकडाउन जारी गरेकाले विगतका वर्षहरुमा जस्तो यस वर्ष ६३औं राष्ट्रिय सहकारी दिवश विशेष उत्सवको रुपमा  -याली , गोष्ठि , अन्तर्क्रिया , प्रवचन जस्ता कार्यक्रम हुने अवस्था नभएपनि सरकार तथा सहकारी संघ/संस्था  र सहकारीकर्मीहरुले आफू रहेकै स्थलबाट एक आपसमा शुभकामना आदान प्रदान गर्दै कोरोना भाइरसले पर्यटन सहित देशको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको यस विसम परिस्थितिमा पनि ६३औं राष्ट्रिय सहकारी दिवशको मूल नारा ‘ मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ लाई सार्थक तुल्याउन सकेको मद्दत गर्ने प्रण पनि गरे ।

वि.सं. २०१३  चैत्र २० गते चितवनको बखानपुरमा  बखानपुर बचत तथा ऋण  संस्था लि. को स्थापना भएसँगै नेपालमा आधुनिक सहकारीको शुभारम्भ भएको मानिन्छ । सो संस्था स्थापना भएको दिनको सम्झनामा नेपालमा राष्ट्रिय सहकारी दिवश मनाइदै आएको छ । २०४८ सालसम्म नेपालमा खासै सहकारीको राम्रो सँग विकास नभएपनि सहकारी ऐन , २०४८ र सहकारी नियमावली २०४९ जारी भएपछि भने सहकारी संघ/संस्थाहरु मौलाउदै गए । ६० को दशकको शुरुतिरै राष्ट्रिय सहकारी बैंक लि. स्थापना भयो । यसबेलासम्म आइपुग्दा राष्ट्रिय सहकारी महासंघ लि. सहित २० वटा विषयगत सहकारी संघ , राष्ट्रिय सहकारी बैंक लि. सहित ३५ हजारको हाराहारीमा देशभर सहकारी संघ/संस्थाहरु सञ्चालन भइरहेका छन् ।

सहकारी ऐन ,२०४८ तथा सहकारी नियमावली , २०४९ लाई बिस्थापित गरी जारी भएको सहकारी ऐन ,२०७४ र सहकारी नियमावली , २०७५ यतिबेला मुलुकमा कार्यान्वयन भइरहेको छ । यसैक्रममा सहकारी ऐन,२०७४ संशोधन  गर्ने बारे छलफल चलिरहेको छ भने सो ऐनलाई संशोधन गरी सहकारीमुखी बनाउनु पर्ने आवाज जोडतोडका साथ सहकारीकर्मीहरुले उठाई रहेका छन् ।

६३औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न सहकारी संघ/संस्थाहरुले कोरोना भाइरसको कहरबाट बचाउने ध्येयले सकेको सहयोग गरिरहेको खबर प्राप्त भइरहेको छ ।

…………………………………………………………………

 

Leave a Reply