छहारी साकोस, गाम्चाले विपत व्यवस्थापनमा ग-यो खाद्यन्न सहयोग
भक्तपुरको सूर्यविनायक नगरपालिका -४, गाम्चा चोकमा आफ्नै भवनबाट सञ्चालित छहारी बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना भाइरस (COVID-19) को महामारीका कारण नेपाल सरकारले देशभर लकडाउन गरिरहेको बेला मजदुर तथा अति विपन्न गरिव परिवारका लागि राहत पुगोस् भन्ने हेतुले हिजो गाम्चामा १ टन (१,००० के.जी.) चामल , १०० के.जी. दाल , ५० के.जी. नुन , ६० लीटर तेल र १०० के.जी. चिउरा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ को वडा स्तरीय विपत व्यवस्थापन कार्यमा सहयोग गरेको जनाइएको छ । सोही संस्थाका अध्यक्ष कृष्णहरि खड्काले सूर्यविनायक नगरपालिका वडा नं.,४ का वडा अध्यक्ष उत्तम थापालाई हस्तान्तरण गर्नु भएको थियो ।
.

