नागरिक विकास साकोस , कौशलटारले ग-यो विपन्न परिवारका लागि रु.५०,००० सहयोग

0 Shares

भक्तपुरको मध्यपुर  थिमि नगरपालिका-३, कौशलटारमा आफ्नै भवनमा मुख्य कार्यालय र ललितपुरको महालक्ष्मी नगरपालिका-१, इमाडोल- रातामकै चोकमा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको नागरिक बिकास बचत तथा ऋण सहकारी संस्था लि. ले माहामारीको रुपमा संसारभरी फैलिएको नोबेल कोरोना भाइरस (covid-19)को संक्रमण फैलिन नदिन नेपाल सरकारले देशभर लकडाउन गरिरहेको विषम परिस्थितिमा सूर्यविनायक नगरपालिका-३, कौशलटार  सागबारीका विपन्न परिवारका लागि आज सहयोग गरेको छ । सो संस्थाका अध्यक्ष नुनम सुब्बाले मध्यपुर थिमि नगरपालिकाका मेयर  मदन सुन्दर श्रेष्ठ र सोही नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष  प्रेमबहादुर कुटुको उपस्थितिमा  रु. ५०,००० नगद सहयोग गर्नुभयो ।

स्थापना भएको छोटो समयमा उल्लेख्य प्रगति गरेको सो संस्थाले बचत तथा ऋण कारोवार सँगै विभिन्न रचनात्मक गतिविधिहरु  सञ्चालन गरिरहेको छ । त्यसैक्रममा सो संस्थाले  अघिल्लो महिना ललितपुरको महालक्ष्मी नगरपालिका-१, इमाडोल – रातामकै चोकमा रहेको आफ्नो सदस्य सेवाकेन्द्रको आयोजनामा सोही स्थानमा २०७६ फाल्गुण २५ गते रक्तदान कार्यक्रम तथा शरीरको होलबडी चेक कार्यक्रम  गरेको थियो ।

………………………………………………………………..

Leave a Reply