जनता साकोस चित्रपुरले ग-यो विपद व्यवस्थापन समितिलाई दैनिक उपभोग्य सामाग्री सहयोग

0 Shares

द्रुत गतिमा माहामारीको रुपमा विश्वका २०३ वटा देशमा फैलिएको कोरोना भाइरस(COVID-19) को संक्रमणबाट आफ्नो देशका नागरिकहरुलाई जोगाउन नेपाल सरकारले देशभर १४ दिनदेखि गरिरहेको लकडाउनका कारण उत्पन्न समस्या समाधान गर्न सहकारी अभियानले सहयोग गर्ने क्रम चलिरहेको छ । यसैक्रममा भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं.-४ स्तरीय विपद व्यवस्थापन समितिलाई हिजो दैनिक उपभोग्य सामाग्री सहयोग गरेको छ । सो संस्थाका अध्यक्ष राजेशकुमार राजथलाले  ४०० के.जी. चिउरा , १०० प्याकेट भुजा , १०० प्याकेट दालमोट र २८८ थान लाइफव्याय साबुन सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम थापालाई हस्तान्तरण गर्नु भएको थियो ।

अध्यक्ष राजथलाले कोरोना भाइरस संक्रमण हुनबाट जोगिन नेपाल सरकारले गरिरहेको लकडाउन घरैमा बसेर पूर्ण रुपमा पालना गर्न सबै देशबासीहरुमा आग्रह गर्नु भएको छ ।

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । यसले आफ्ना शेयर सदस्यहरु वीच बचत तथा ऋण कारोवार सँगै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

 

 

Leave a Reply