कोरोना भाइरस संक्रमण रोकथाम , नियन्त्रण र उपचारमा सहयोग गर्दै गण्डकी प्रदेशका सहकारी संघ/संस्थाहरु
राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक सदस्य तथा गण्डकी प्रदेश सहकारी संघ लि. का अध्यक्ष रामबहादुर जी.सी.ले 
गण्डकी प्रदेश भित्रका विभिन्न संघ/संस्थाहरुले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस(COVID-19) को संक्रमण रोकथाम , नियन्त्रण र उपचारमा सहयोग गरिरहेको बताउनु भएको छ । उहाँको भनाई यस प्रकार छ
“आदरणीयसहकारीकर्मी साथीहरु
गण्डकी प्रदेश अन्गर्गतका सहकारी संघ /संस्थाहरुले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि गरेका कामहरुको अभिलेख राख्नका लागि चैत २१ गतेदेखि शुरु भएको अभियानमा धेरै सहकार्रीकर्मी साथीहरुबाट सहयोग र समन्वय भएको छ । महामारीको यो संकटपूर्ण अवस्थामा सहकारी क्षेत्रबाट उल्लेख सहयोग र समन्वय भएको छ । विभिन्न माध्यमबाट हालसम्म प्राप्त अभिलेख अनुसार ४६ वटा संघ /संस्था र २ जना व्यक्ति (जिल्ला सहकारी संघको संयोजन बाहेक) नगद रु.२१ लाख ७१ हजार ५२१ र जिन्सी सामान रु. १ लाख २४ हजार ६ सय २५ सहयोग भएको छ । यो बाहेक उत्पादक तथा सेवा क्षेत्रका सहकारीले कृषि, दुग्ध, स्वास्थ्य, सञ्चार, सरसफाई क्षेत्रमा गरेको योगदानको पनि अभिलेख संकलन भैरहेको छ । लकडाउनको बीचमा गण्डकी प्रदेशका अरु धेरै सहकारीहरुले सहयोग गरेको र धेरै सहकारी संघ /संस्थाहरु सहयोग गर्ने तयारीमा रहेकोले आफ्नो संस्थाका तर्फबाट भएको सहयोगको विवरण सम्बन्धित जिल्ला सहकारी संघ लि., राष्ट्रिय सहकारी बैंक लि.को शाखा वा तलको मोवाइल नं. जानकारी गराइदिनु हुन अनुरोध छ । कोरोना संक्रमणको यो लडाई जितेपछि सहकारीको योगदान देखिने गरी लिपिवद्ध हुने कुरा समेत जानकारीका लागि अनुरोध छ । मुलुक कोरोना संक्रमण विरुद्धको महान अभियानमा छ । हामी त्यसका सारथी हौं । हाम्रो सानो सहयोगले कोरोना संक्रमण नियन्त्रण गर्न, कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण खाद्य तथा अन्य सुविधाबाट वञ्चितहरुका लागि ठुलो राहत पुग्न सक्छ । सहकारी क्षेत्रका तर्फबाट कोरोना विरुद्धको अभियानमा महत्वपूर्ण सहयोग भएको छ । त्यसको अभिलेख राखौं, अरुलाई पनि सहयोग र समन्वयका लागि अभिप्रेरित गरौं ।



जानकारीका लागि सम्पर्क नं. ९८५७६२०२१४, ९८४७६२४८८१ gcbaglung@gmail.com
विभिन्न माध्यमबाट हालसम्म प्राप्त जानकारीका आधारमा सहयोग गर्नेहरुको विवरण :
१. जिल्ला सहकारी संघ लिमिटेड, स्याङ्जा-रु. ३,४९,९१९।– ( वालिङ नगरपालिकाले सञ्चालन गरेको कोषमा) ।२
. पोखरा रोयल सहकारी संंस्था लिमिटेड, कास्की रु. ३,३६,२११।– (गण्डकी प्रदेश सरकार ३,०३,००० र पोखरा महानगरपालिका ३३२११)
३. जिल्ला सहकारी संघ लिमिटेड, कास्की रु.२,०२,०००।– (गण्डकी प्रदेश सरकारको कोषमा रु. १,०१,००० र नेपाल रेडक्रस सोसाइटी, पोखराको कोषमा रु. १,०१,०००)
४. फेवा बहुउद्देश्यीय वचत तथा ऋण संकारी संस्था लि., कास्की रु १,०४,०००।– (गण्डकी प्रदेश कोषमा रु. ५११०१, नेपाल रेडक्र्स् सोसाइटी, कास्की-रु. २५,००० र अन्यलाई २७९९९)
५. एकता वचत तथा ऋण संस्था लि., कास्की. रु १,०१,१११।– (गण्डकी प्रदेश सरकारको कोषमा)
६. आदर्श सञ्चार सहकारी संस्था लिमिटेड ,बागलुङ-रु. १,००,०००।– (बागलुङ नगरपालिका कोषमा रु.५०,००० र काठेखोला गाउँपालिका कोषमा रु. ५०,०००)
७. आँगन वचत तथा ऋण सहकारी संस्था लि. ,कास्की रु. ७५५००।– (गण्डकी प्रदेश सरकारको कोषमा)
८. बेनी वचत तथा ऋण सहकारी संस्था लि.,म्याग्दी रु. ५१,०००।– (बेनी नगरपालिकाले सञ्चालन गरेको राहतकोषमा)
९. सिद्धार्थ गौतम वचत तथा ऋण सहकारी संस्था लि.,कास्की रु. ५१,०००।– (गण्डकी प्रदेश सरकारको कोषमा)
१०. गलकोट बहुउद्देश्यीय सहकारी संस्था लि., बागलुङ रु.५०,०००।– (गलकोट नगरपालिकाले सञ्चालन गरेको राहतकोषमा)
११. दिदी बहिनी वचत तथा ऋण सहकारी संस्था लि.,म्याग्दी रु. ४५,०००।– (बेनी अस्पताललाई स्यानेटाइजर लगायत स्वास्थ्य सामग्री)
१२. स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लि. ,बागलुङ रु.२५,०००। (बागलुङको लोकतान्त्रिक चोकमा सर्वसाधारणलाई मास्क वितरण)
१३. डहरे देउराली बहुउद्देश्यीय सहकारी संस्था लि. ,पर्वत रु.२०,०००।–
१४. गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ रु. १६६२५।– (काठेखोला गाउँपालिका र भीमापोखरा उप-स्वास्थ्य चौकीलाई स्यानेटाइजर र साबुन)१
५. मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि. म्याग्दी रु. १२.,०००।– (बेनी अस्पताललाई स्यानेटाइजर )
१६. आधिखोलासञ्चार सहकारी संस्था लिमिटेड स्याङ्जा रु. ६,०००।– (वालिङ नगरपालिकाले सञ्चालन गरेको राहतकोषमा)
१७. मित्र मिलन कृषि सहकारी संस्था कास्की रु.२५,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
१८. हाम्रो सामुदायिक साकोस कास्की २०,०००।– रु. (पोखरा महानगरपालिकाको कोषमा)
१९. मान्द्रेढुंगा बहुउद्देश्यीय सहकारी संस्था लि.कास्की रु.२०,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
२०. समवृद्धि साकोस कास्की रु. २०,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
२१. टुकुचे साकोस कास्की रु. २०,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
२२. पाल्पाली बहुउद्देश्यीयस संस्था लि. कास्की १०,०००।– (पोखरा महानगरपालिकाको कोष)
२३. बाराही कृषि सहकारी संस्था्था लि.कास्की रु. १०,०००।– (पोखरा महानगरपालिकाको कोष)
२४. परिचय साकोस कास्की रु. २५,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
२५. लम्जुङ पोखरा साकोस कास्की रु. १०,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
२६. गण्डक साकोस कास्की रु. ११,१११।– (पोखरा महानगरपालिकाको कोषमा)
२७. करुणा साकोस कास्की रु. ३०,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
२८. कोअपरेटिभ म्यानेजर्स क्लव कास्की रु.१,११,३३३।– (पोखरा महानगरपालिकाको कोषमा)
२९. कञ्चन साकोस कास्की रु. ५०,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
३०. किसान जागरण बहुमुखी सहकारी संस्था लि. कास्की रु.९,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
३१. रानीवन साकोस कास्की रु. १५,११५।– (पोखरा महानगरपालिकाको कोषमा)
३२. धर्मस्थली साकोस कास्की रु. १५,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
३३. गन्तव्य साकोस कास्की रु. १०,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
३४. अनुुकुल कृषि सहकारी संस्था लि. कास्की रु.१५,०००।– (पोखरा महानगरपालिकाको कोष)
३५. रमन पौडेल (अध्यक्ष, मित्रमिलन) कास्की रु.१५,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
३६. तारा बराल (अध्यक्ष बाराही कृषि) कास्की रु.१,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
३७. दुधपोखरी साकोस कास्की रु. १०,५५५।– (पोखरा महानगरपालिकाको कोषमा)
३८. पानस साकोस कास्की रु. १०,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
३९. सर्व्हित साकोस कास्की रु.१५,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
४०. कुडहर साकोस कास्की रु. ५०,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
४१. शैक्षिक समाज सहकारी संस्था लि., कास्की रु. ११,१११।– (पोखरा महानगरपालिकाको कोषमा)
४२. दर्पण साकोस कास्की रु. १५,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
४३. स्वर्ण श्री साकोस कास्की रु. १०,०००।– (पोखरा महानगरपालिकाको कोषमा)
४४. परेली साकोस कास्की ५,५००।– (पोखरा महानगरपालिकाको कोषमााा)
४५. बिहानी साकोस कास्की रु. ५०,०००।– (गण्डकी प्रदेश सरकारको कोषमा)
४६. पश्चिम नेपाल साकोस म्याग्दी रु. १,००,०००।– (बेनी नगरपालिका र मालिका गाउँपाललिका रु. २०÷२० हजार, मंगला, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गा.पा. रु. १५÷१५ हजार)
४७. धनेश्वरी कृषि सहकारी संस्था लि., पर्वत -रु.२५,५५५।– (कुश्मा नगरपालिकाको कोषमा)
४८.काठेखोला गाउँपालिका वडा नं.४ तंग्राममा सञ्चालित सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बागलुङले 
काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा रु. १५ हजार तथा सोही वडाको तंग्राममा नै रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड बागलुङले पनि उक्त कोषमा रु.२० हजार सहयोग गरेको छ ।”
यसैगरी कास्कीको पोखरा महानगरपालिका-७ मा रहेको सफल वचत तथा ऋण सहकारी संस्था लि.ले रु. ११,१११ पोखरा महानगरपालिकाको राहत कोषमा जम्मा गरेको बताएको छ भने कलम बचत तथा ऋण सहकारी संस्था लि., पोखरा-९ वाट रु.२५,००० र बाघमारा बहुद्देश्यीय सहकारी संस्था लि. पोखरा-३३ वाट रु ११,१११ पोखरा महानगरपालिका कोषमा जम्मा गर्ने घोषणा गरेको जानकारी प्राप्त भएको छ ।
यता बागलुङ्गको मोदि गाउँपालिकाले बिपन्न नागरिकलाई सहयोग गर्ने उद्देश्य सहित निर्माण गरेको बिपद ब्यबस्थापन कोषमा सहयोगका लागि अपिल गरे सँगै सोही गाउँपालिका-६ मा रहेको डिमुवा बचत तथा ऋण सहकारी संस्था लि.ले रु ३०,००० मोदी गाउपालिका राहत कोषमा सहयोग गरेको जनाइएको छ । त्यस्तै सोही वडाको डिमुवा निवासी तथा श्री नव जागृत मा.बि का शिक्षक कुलबहादुर के.सी.ले रु १०,०००( दश हजार रुपैयाँ) उक्त कोषमा सहयोग गर्ने घोषणा गर्नु भएको सोही गाउँपालिकाले बताएको छ।

