साथी साकोस , अर्घाखाँचीले जम्मा ग-यो सन्धिखर्क नगरपालिकाको राहत कोषमा रु.१,११,१११

0 Shares

कोरोना भाइरस (COVID-19) संक्रमण फैलिन नदिन आज १४औं दिन पनि नेपाल सरकारले देशभर गरेको लकडाउन गरिरहदा सहकारी संघ/संस्थाले तीनै तहका सरकारले निर्माण गरेका राहत कोष तथा प्रकोप सहकारी अभियान लगायतले विभिन्न क्षेत्रबाट सहयोग गर्ने क्रम जारी छ । यसैक्रममा साथी बचत तथा ऋण सहकारी संस्था लि.,अर्घाखाँचीको सोही संस्थाका अध्यक्ष धर्मराज भुसालको अध्यक्षतामा आज बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सन्धिखर्क नगरपालिकाको राष्ट्रिय बाणिज्य बैक लि. मा रहेको राहत कोष खातामा रु. १,११,१११।- (एघार हजार एकसय एघार) जम्मा गरेको वताइएको छ। उक्त रकम साथी बचत तथा ऋण सहकारी संस्था लि. बाट रु. ७१,१११, अर्घाखाँची युवा परिषदबाट रु. २०,०००, साथी सञ्चालकबाट रु.१०,०००।- र साथी कर्मचारीबाट रु.१०,००० सो खातामा जम्मा गरेको उक्त संस्थाका कार्यकारी निर्देशक प्रकाश भुसालको भनाइ छ ।

 

 

 

Leave a Reply