कोरोना माहामारी विरुद्ध अहोरात्र सेवामा खटिरहेका डाक्टर ,नर्स तथा अन्य स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप: सुविधा थप गरिनु पर्दछ

0 Shares

– डा.ज्ञानेन्द्रप्रसाद पौडेल , सहकारी विज्ञ

कोरोनाको यस महामारी बिरुद्द लड्नका लागि कोरोना बिरुदको राहत कोषमा निम्नानुसारको रकम जम्मा गर्ने ब्यबस्था मिलाउनका लागि सरकार संग हार्दिक अपिल गर्दछु ।
१. राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष्, मन्त्रीहरु, प्रदेश प्रमुख र सबै प्रदेशका मुख्य मन्त्रीहरु र संसदमा उपसभामुख, राष्ट्रिय सभाका उपादक्ष्य, सबै प्रदेशका प्रदेश सभाका सभामुख, मन्त्रीहरु लगायत संघीय संसदका सबै समितिका सभापतिहरुको एक बर्ष सम्मको तलब भत्ता बाट ३०% कटौती गर्दा प्राप्त हुन आउने रकम,
२. संघीय र प्रदेश सभाका सांसदहरुले तजबिजी रुपमा खर्च गर्दै आएको पूर्वाधार बिकास कोषको यो बर्षका खर्च हुन बाँकी रहेको रकम र आगामी बर्षको सम्पूर्ण रकम समेत,
३. संघीय सांसदहरु र सात वटै प्रादेश सभाका सम्पूर्ण सांसदहरुको एक बर्षसम्मको तलब भत्ताबाट २५% कटौती गर्दा हुन आउने रकम,
४. महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयर र उपमेयर तथा गाउपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको एक बर्षसम्मको तलब, भत्ताबाट २०% कटौती गर्दा हुन आउने रकम,
५. स्थानीय तहका सम्पूर्ण वडा अध्यक्ष र सदस्यहरुको एक बर्ष सम्मको तलब भत्ताबाट १५% कटौती गर्दा हुन आउने रकम,
६. नेपाल सरकारले नियुक्त गरेका विभिन्न संबैधानिक निकायका प्रमुख र उपप्रमुखहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरु, राजदुतहरु, विभिन्न बिश्वबिद्यालयका उपकुलपतिहरू, विभिन्न बोर्ड, बिकास समिति, प्राधिकरण, संस्थान वा सरकारले राजैनितक नियुक्ति गरेका सबै निकायका सबै पदहरुमा रहेका महानुभाबहरुबाट एक बर्ष सम्मको तलब भत्ताबाट २० % कटौती गर्दा हुन आउने रकम,
७. राज्यकोषबाट सुबिधा लिने पूर्व राजा, पूर्ब राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायत सबै पूर्व बिशिष्ट व्यक्तित्वहरुले पाउनुहुने एक बर्षसम्मको सुबिधा बापतको रकमबाट २० % कटौती गर्दा हुन आउने रकम,
८. नेपाल सरकारका बिशिस्ट श्रेणीका कर्मचारीहरुको १० दिनको तलब, अधिकृत र सो भन्दा माथिल्लो स्तरका कर्मचैहरुबाट ५ दिनको तलब, अधिकृत भन्दा तल्लो स्तरका कर्मचारीहरुबाट ३ दिनको तलब र श्रेणी बिहिन कर्मचारीहरुको १ दिनको तलब बराबरको रकम,
९. औधोगिक प्रतिष्ठान, व्यवसायिक क्षेत्र लगायत सम्पूर्ण निजी क्षेत्र र सहकारी क्षेत्रमा कार्यरत कर्मचारीहरुबाट , नेपाल सरकारबाट र अन्य बिभिन्न श्रोतबाट मासिक/बार्षिक रुपमा पेन्शन सुबिधा पाउने पुर्ब कर्मचारीहरुबाट पनि ८ न. बुँदा अनुसार हुन आउने रकम,
१०. माथि उल्लेख नभएका महानुभाबहरु र संघ/संस्था र प्रतिष्ठानको हकमा स्वेच्छिक रुपमा जम्मा गरेको रकम ।
पुनश्च: कोरोना महामारी बिरुद्द अहोरात्र सेवामा खट्ने डाक्टर, नर्स र अन्य स्वास्थाकर्मी, सुरक्षाकर्मि लगायतको हकमा भने यस्तो रकम कट्टा नगरी प्रोत्साहन स्वरूप थप रकम उपलब्ध गराउन र कम्तिमा पच्चीस लाख रुपैया बराबरको वीमाको ब्यबस्था गर्न समेत अनुरोध गर्दछु ।
अन्तमा, नव बर्ष २०७७ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! साथै कोरोना बिरुद्दको लडाइँ सफल होस !
(डा. पौडेल सहकारी सञ्जालका सल्लाहकार हुनुहुन्छ)

Leave a Reply