समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी वीच विहीवार पार्टी एकता घोषणा गर्ने सहमती

0 Shares

केही बेर अगाडि मात्रै उपेन्द्र यादब र डा.बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी, नेपाल र राजेन्द्र महतो सहितको ६ जनाको अध्यक्ष मण्डल रहेको राष्ट्रिय जनता पार्टी वीच विहीवार पार्टी एकता घोषणा गर्ने सहमती भएको जानकारी प्राप्त भएको छ ।
पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको निवास विशालनगर , काठमाडौंमा बसेको दुबै दलका नेताहरुले ४ बुँदे सहमती गरी पार्टी एकता गर्ने निष्कर्षमा पुगेका हुन् । दुई पार्टीको एकता भई बन्ने एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल तथा पार्टीको झण्डा समाजवादी पार्टी, नेपारले प्रयोग गरिरहेको झण्डा र चुनाव चिन्ह राष्ट्रिय जनता पार्टीको चुनाव चिन्ह रहने जनाइएको छ । गत सोमबार ४० प्रतिशत सांसदले पार्टी विभाजन गरी नयाँ पार्टी गठन गर्न सक्ने प्रावधान रहेको अध्यादेश जारी भएसँगै समाजवादी पार्टी , नेपालकी नेतृ रेणु यादव , नेता मोहमद इस्तिकार राई लगायतका सांसदहरु तथा राष्ट्रिय जनता पार्टीका केही नेताहरुले पार्टी विभाजन गरी गर्ने तयारी गरेका कारण यी दुई दलको एकता सम्भव भएको हो । ओली सरकारले दल विभाजन गरेर आएमा २ विभागीय मन्त्री र १ राज्यमन्त्री दिने आश्विन दिएकाले रेणु यादव हरुले समाजवादी पार्टी, नेपाल फुटाउने तयारी गरेर बताइएको छ । पार्टी विभाजन नगर्न समाजवादी पार्टी, नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई तथा नेता अशोक राई रेणु यादवको निवास शान्तिनगर गएर पार्टी विभाजन नगर्न आग्रह गरेपनि उनलाई सो आग्रहलाई स्वीकार नगरेको बताइएको थियो ।

अध्यादेश विरुद्ध ४ दल भए एकजुट

नेपाल सरकारले गत सोमबार जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरुद्ध संसदमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, समाजवादी पार्टी नेपाल , राष्ट्रिय जनता पार्टी र रा.प्र.पा. एकजुट भएको छन् । बुधबार नेपाली काँग्रेसको केन्द्रीय कार्यालय , सानेपामा बसेको बैठकले सरकारले अबिलम्ब ती अध्यादेश खारेज नगरे संघर्षमा जाने निर्णय गर्दै पत्रकार तथा नागरिक समाजलाई सो संघर्षलाई साथ दिन आग्रह गरेको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा पनि अध्यादेशको विषयले बढ्यो विवाद

ती २ अध्यादेश जारी भएसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरु वीच आरोप प्रत्यारोप चलिरहेको छ ।

Leave a Reply