समाजवादी पार्टी, नेपाल र राजपा एकीकरण भई बनेको जनता समाजवादी पार्टी , नेपालले दल दर्ताका लागि निर्वाचन आयोग र संसद सचिवालयमा थियो निवेदन
समाजवादी पार्टी , नेपाल र राष्ट्रिय जनता पार्टी वीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी ,नेपालले दल दर्ताका लागि निर्वाचन आयोग र संसद सचिवालयमा निवेदन दिएका छन् । दल दर्ताका लागि जनता समाजवादी पार्टी, नेपालका नेताहरु उपेन्द्र यादव , राजेन्द्र महतो , राजेन्द्र श्रेष्ठ लगायत नेताहरु तथा कार्यकर्ताहरु विहान सबेरै निर्वाचन आयोग पुगेका थिए ।
यसैगरी राजेन्द्र महतो लगायतका सो पार्टीका नेताहरुले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर समाजवादी पार्टी, नेपाल र राजपाठ वीच एकता भई जनता समाजवादी पार्टी , नेपाल बनेको जानकारी गराएका थिए । 
त्यस अवसरमा सभामुख सापकोटाले उहाँहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो । जनता समाजवादी पार्टी , नेपालका प्रतिनिधिसभामा ३४ जना र राष्ट्रिय सभामा २ जना सांसद छन् ।
जनता समाजवादी पार्टी ,नेपाल निर्माण भएकोमा भूतपूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका विभिन्न राजनीतिक दलका नेताहरु लगायतले बधाई ज्ञापन गर्नु भएको खबर प्राप्त भएको छ ।

