प्याब्सन र मिदासको अनुरोध
प्याब्सन र मिदासले संयुक्त प्रेस विज्ञप्ति जारी गरी वालवालिकालाई ई लर्निङका लागि अनुरोध गरेका छन् । सो प्रेस विज्ञप्ति यस प्रकार छ ।
नेपाल सहित विश्वभरमा COVID 19 भाइरसको महामारी फैलिरहेका अवस्थामा नेपालका ७२ लाख स्कुले वालवालिकाहरु विद्यालयसम्म पुग्ने कुरामा व्यवधान सृजना भएको छ । बालबालिकाहरु लामो समयसम्म विद्यालय नजानुका विशिष्ट शैक्षिक, सामाजिक, मनोवैज्ञानिक लगायतका दुष्प्रभाव हुँदाहुँदै पनि यो समय भौतिक रुपमा विद्यालय र समुहवाट टाढिनु नैं उत्तम छ । बालबालिकाको सिकाईको अवसर जुनसुकै अवस्थामा पनि नरोकियोस् भन्ने कुरामा प्याव्सन र मिदास दुवै सदैव सचेत छन् । यो सन्दर्भमा डिजिटल लर्निगको सान्दर्भिकता एकपटक फेरि पुष्टि भएको छ । कोभिड १९ को उत्पति भएको चीन लगायत प्रथम विश्वका धेरै मुलुकका बालबालिका आज भौतिक रुपमा विद्यालय जान नसके पनि इ लर्निगवाट सिकाई कार्यकलापमा जोडिइरहेका छन् ।
यस परिस्थितिलाई सामना गर्न हामी सबै आ–आफ्नो स्थानबाट एकजुट हुनुपर्दछ । बालबालिकाहरूको घरभित्रको बसाइलाई रमाइलो बनाउँदै कक्षा अनुसारको सिकाइलाई निरन्तरता दिन सकुन भन्ने अभिप्रायले प्याव्सन र मिदास एजुकेशन प्रा. लि. का बीच MiDas eCLASS App कक्षा नर्सरी देखि कक्षा १० सम्मका सबै बालबालिकाहरूका लागि एक महिनाको लागि नि:शुल्क रूपमा प्रदान गर्ने सहमति भएको छ ।
यस MiDas eCLASS App को प्रयोग गरेर बालबालिकाहरू घर भित्रै पठनपाठन र रचनात्मक कार्यमा व्यस्त हुन सक्नेछन्। विभिन्न कक्षा अनुसारको सिकाई कार्यकलापहरुमा भाग लिई सिकाई उपलव्धी हासिल गर्न सक्नेछन् । यी मध्ये कतिपय कार्यकलापहरु आफै सँग प्रतिस्पर्धा गर्ने र अन्य कतिपयहरु अरुसँग प्रतिस्पर्धा गरी जीत हाँसिल गर्ने पनि हुनेछन् ।
यो App प्रयोग गर्न सर्वप्रथम
– Play Store बाट MiDas eCLASS App डाउनलोड गरेर Install गरी App खोल्नुहोस् ।
– App को मेनुमा रहेको Order / Purchase थिचे पश्चात् Subscription Card थिच्नुहोस् ।
– भौचर कोड मागेको स्थानमा
PABSON
लेखेर आपूले चाहेको कक्षाको MiDas eCLASS प्रयोग गर्नुहोस् ।
यसमा नेपालमा सामुदायिक, संस्थागत तथा जुनसुकै विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।
हाम्रो यस प्रयासलाई सहज रूपमा सबै बालबालिकाहरूसम्म पुर्याउनका लागि प्याब्सनका सबै कमिटिहरूलाई आ-आफ्नो तह र तप्काबाट सहजीकरणको भुमिका खेलिदिनुहुन यसै विज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौँ। साथै, सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकाहरूलाई मिडस् एक्लस् अप्प् प्रयोग गर्न प्रोत्साहन गरिदिन तथा आवश्यक सहजीकरण गरिदिनुहुन यसै विज्ञप्ती मार्फत् हार्दिक अनुरोध गर्दछौँ ।

