आज पनि कोरोना भाइरस संक्रमित २ जना थपिए, कोरोना संक्रमित थप २ जना विरामी निको भए

0 Shares

आज पनि उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरको १४ वर्षे किशोर गरी तथा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उदयपुरमा कोरोना भाइरस(COVID-19) संक्रमितको संख्या २८ पुगेको छ भने देशभर कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । उदयपुर र जनकपुरमा १/१ जनामा कोरोना संक्रमित पुष्टि भए सँगै नेपाल कोरोनाको तेस्रो चरणमा प्रवेश गरेको अनुमान गर्न थालिएको छ ।
यता आज ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत काठमाडौंको काँडाघारी स्थित सनसिटीमा कम्प्लेक्समा कोरोना संक्रमित दुई आमा र छोरा निको भएर अस्पतालबाट डिस्चार्ज भएको खबर प्राप्त भएको छ । उनीहरु सँगै उपचारपछि निको भएका कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
उता धौलागिरी अञ्चल अस्पताल, बागलुङमा उपचाररत १९ वर्षीया कोरोना संक्रमित युवतीको पाँचौँ चरणको स्वाव परीक्षण नेगेटिभ आएको हो अस्पताल स्रोतले जनाएको छ ‌। उनको पुन: गरिने स्वभाव परीक्षण नेगेटिभ आएमा उनलाई डिस्चार्ज गरिने बताइएको छ ।
लकडाउनको आज ३१ औँ दिनमा पनि देशका काठमाडौं उपत्यका सहित शहर बजार सुनसान नै रह्यो । य काठमाडौं उपत्यका छाडेर घर जान चाहनेहरुलाई सुरक्षाकर्मीहरुले आज पनि सहजीकरण गरी दिएको देखिएको छ ।

Leave a Reply