लकडाउनको आज ३५औँ दिनमा पनि बजार र सडक सुनसान

0 Shares

कोरोना भाइरस(COVID-19)को जोखिमबाट जोगाउन नेपाल सरकारले गरिरहेको लकडाउनको आज ३५औँ दिनमा पनि देशभरका अधिकांश बजार तथा सडक सुनसान देखिएका छन् । काम विशेषले फाट्टफुट्ट रुपमा सवारी साधन चलेपनि बजार पसलहरु विहान ८ बजेबाट बन्द छन् ।
यसैगरी नेपाल सरकारले यो लकडाउनलाई थपेर यही बैशाख २५ गते मध्यराती सम्म पुयाउने निर्णय गरेको छ भने अन्तर्राष्ट्रिय हवाई उडान जेठ १२ गतेसम्म र आन्तरिक हवाई उडान यही बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
कोरोना भाइरसबाट विश्वभर ३० लाख मानिस संक्रमित तथा २ लाख ७ हजारभन्दा बढीको मृत्यु भएपनि नेपालमा भने कोरोना संक्रमणका कारण ५२ जना संक्रमित भएपनि यसबेलासम्म कसैको ज्यान गएको छैन । झापाको बारदशीका ५० वर्षीय एक जना नागरिकका साथै पर्शाको वीरगञ्जका २ जना नागरिकमा कोरोना पोजेटिभ देखिएको थियो । यस अगाडि पछिल्लो समयमा उदयपुरको त्रियुगा नगरपालिका-३,भुल्केका २८ जनापछि भोजपुरको हतुवागढी गाउँपालिकाका १ युवा र झापाको दमकका ६२ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । भुल्केका २८ जना , भोजपुरको हतुवागढीका १ जना र झापाको दमकमा १ जना र बारदशीका १ जनाको कोशी अञ्चल अस्पताल , विराटनगरमा र विरगञ्जका २ जनाको नारायणी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ‌। उदयपुरको भुल्के तथा आसपास , विरगञ्जका ३ वडा र दमकको उत्तरी क्षेत्रमा सिल गरिएको छ । प्रभावित क्षेत्रमा कोरोना परीक्षण गरिरहेको र यसबेलासम्मको कोरोना परीक्षणको नेगेटिभ देखिएको बताइएको छ ।
हिजो नारायणी अञ्चल अस्पताल , विरगञ्जबाट ३ जना भारतीय र रौतहटका १ जना नेपाली नागरिकहरु डिस्चार्ज भएका थिए । त्यस अगाडि पछिल्लो समय भरत अस्पतालबाट चितवनका २ जना ,धौलागिरी अञ्चल अस्पताल , बागलुङबाट वागलुङकी १९ वर्षीय १ जना युवती र सेती प्रादेशिक अस्पताल , धनगढीबाट कैलालीका १ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा १६ जना कोरोना संक्रमित विरामी निको भएका छन् भने विभिन्न अस्पतालहरु उपचाररत ३६ जनाको अवस्था सामान्य रहेको छ भने ५,१०० जनाभन्दा बढीको कोरोना परीक्षण गरिएको बताइएको छ ।

Leave a Reply