अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिर नेपाल मजदुर युनियन महासंघद्वारा शुभकामना व्यक्त
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिर नेपाल मजदुर युनियन महासंघले एक विज्ञप्ति प्रकाशित गरी शुभकामना व्यक्त गरेको छ । सोही महासंघका इञ्चार्ज कृष्णहरि भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेखित विषय यस प्रकार छ ।
मानव समाजको निर्माता मजदुर वर्गको संगठन अखिल नेपाल मजदुर युनियन महासंघ कोभिट १९ भाइरसबाट संक्रमित सम्पूर्ण नेपाली तथा विश्व जनसमुदायको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यसबाट उत्पन्न परिस्थितिको सामना गर्न र यो रोगको विकासको स्रोतको पहिचान गरी निदान गर्न सक्ने क्षमताको विकास गर्न समेत आह्रवान गर्दछ । अन्तर्राष्ट्रिय श्रमिक दिवशको अवसरमा आफू विरुद्धका शोषण र विभेदको अन्त्यका लागि एक हुन र नयाँनयाँ आविस्कारका लागि हार्दिक शुभकामना व्यक्त गर्दछ । विभिन्न प्रकारका भाइरस व्याक्टोरियाले विभिन्न समयमा मानव जीवनलाई आक्रान्त बनाउने गर्दछ । यो कुनै नयाँ घटना भने होइन । यो भाइरस प्रकृतिमा रहेकै जिवाणु मध्यकै एक हो । जीव विकासको क्रममा वा मानव समाज विकासको क्रममा प्रकृतिसंगको अन्तरकृया वा संसर्गबाट उत्पन्न प्रभाव वा प्रतिक्रिया मात्र हो । त्यस्तो अवस्थाको सिर्जनाकर्ता जीव मध्ये मानिस नै मुख्य हो । मानिस सामाजिक जीव भएर पनि असामाजिक हुन थाल्यो । असामाजिक भन्नाले आफूलाई चाहिने भन्दा बढी उत्पादन गर्ने, सञ्चिति गर्ने र यसका लागि शक्तिको प्रयोग गर्ने र प्रोत्साहन गर्ने जस्ता कार्यले भएको हो । यसलाई आधुनिक भाषामा भन्ने हो भने पैसालाई प्रधानता दिने पुँजीवाद साम्राज्यवाद हो । जसले नाफा, मुनाफा मात्र देख्दछ । मानव र मानवीय पक्षलाई, सामाजिक पक्षलाई गौण मात्र हैन अति गौण ठान्दछ । मान्छेले मान्छेलाई यसरी शोषण र विभेद त ग-यो तर प्रकृतिलाई गरिएको अनुचित शोषण र दोहनको हिसाव त प्रकृतिले नै गरिरहदो रहेछ भन्ने कुरा नव पुँजीवादले आफूलाई अकन्टक अपराजीत बताईरहेको यो समयमा कोरोना १९ भाइरसले बताई दिएको छ । निजी सम्पत्तिका लोभीहरुलाई पुन: संकेत गरिरहेको छ । नेपाली श्रमजीवी जनताको मुटुको किलोको रुपमा रहेको जाली दस्तावेज, समाजवाद उन्मुख भनिएको संविधान कार्यान्वयको समय चलिरहेको भन्ने डबल नेकपा आज देशमा यस्तो महामारिका समयमा पनि नाफा र भष्टाचारका लागि सदैब तत्पर रहने, विज्ञहरुलाई हतोत्साहित गर्ने, सरकारमा बसेर केटौले गफ दिने, कुन दाता आउला भनेर ढुकेर बस्ने, आफ्नो तयारी नगर्ने, शक्ति, स्रोत र भष्टाचारको केन्द्रीकरण गर्ने, आफैले बनाएको संविधान तथा जनहित विपरितका एैनहरु ल्याउने, नव पुँजीवाद तथा साम्राज्यवादसंग दलाली गर्ने योग्यतासम्म नराख्ने, जनताको मतबाट चुनिएर जनविरोधी र राष्ट्र विरोधी काम गर्ने, दलीय व्यवस्थामा दलहरुलाई निषेध गर्ने जुन हर्कत गरिरहेको छ , यसले यसको चिहान नजिकै छ भन्ने संकेत समेत गरेको छ । यो सरकारको अयोग्यताका कारण पिल्सिएका मजदुर , किसान , महिला , विद्यार्थी तथा आम उपभोक्ताको आशुको भेलले यो प्रबृत्तिलाई चाडै बगाउने छ । चरम पुँजीवादी शोषणको चपेटामा परेको मानव समाज तथा विश्व व्यवस्था र प्रकृतिमाथिको अतिक्रमणको अन्त्य वैज्ञानिक चिन्तनमा आधारित समाजवाद उन्मुख व्यवस्थाले मात्र गर्न सक्ने तथ्य कम्युनिष्ट सरकारमा भएका देशहरुको गतिविधिले पनि स्पस्ट गरेको छ । नेपालमा कम्युनिष्टको नाममा बनेको ‘भेडाको छाला ओडेका ब्वाँसाहरु’ नव पुँजीवाद तथा साम्राज्यवादको लठैत खेतालो सरकारले उक्त व्यवस्था स्थापनाको संघर्षमा यठेष्थ भ्रमहरु सिर्जना गरिरहेको छ । घटनाले ‘कोइलीको प्वाँख झरेको’ अवस्थाको पनि संगै विकास गरेको छ । र नयाँ जनवादी व्यवस्थाको स्थापनका लागि अगाडि बढ्न एकसाथ प्रेरणा पनि मिलेको छ । विचल्लिमा परेका मजदुरको तुरुन्त उद्दार गर । रोगीको पहिचान र व्यवस्थापन गर । लकडाउनबाट पिल्सिएकालाई बचाउ । सम्पूर्ण मजदुरको सेवा सुविधा नियमित गर । काम सुचारु नहुन्जेल व्याज लिने दिने अवस्थाको अन्त्य गर । सम्पुर्ण उद्योग, अस्पताल, विद्यालय कलेज, यातायात आदि राष्ट्रियकरण गर । वास्तविक मजदुर किसानलाई स-सम्मान नि:शुल्क ऋणको व्यवस्था गर । पेटोलियमको खपत घटाउ । देशलाई पूर्णत: विद्युतिकरण गर । सवै नेपालीलाई विदेशमा काम गर्न जानबाट रोक र देशमा रोजगारीको अनिवार्य प्रवन्ध गर । धनीका सन्तानलाई चीनबाट नेपाल ल्याए जसरी नेपालको अर्थतन्त्र धानेका संसार भरी रहेका , त्यसमा पनि भारतमा रहेका मजदुरहरुलाई तुरुन्त नेपाल फर्काउने व्यवस्था गर । स्वास्थ्य सामग्री खरिदमा भएको नभष्टाचारसंग सम्बन्धित सवैलाई कार्वाही गर । जनविरोधी अध्यादेश खारेज गर । कालो बजारी नियन्त्रण गर । सवै नेपालीको स्वास्थ्य जाँचको व्यवस्था गर । प्रहरीको अनुचित रवैयाको अन्त्य गर । रोग जाँचका लागि चाहिने आवश्यक उपकरणहरुको तुरुन्त व्यवस्था गर । सरकार ! यो महा विपदको समयमा जनहितकारी काममा लाग, जनविरोधी क्रियाकताप बन्द गर । षड्यन्त्रका तानावाना नबुन । राजनीतिक खिचातानी नगर आदि आह्वान तथा माग गर्दछ ।
………………………………….

