आजबाट चौथो चरणको लकडाउन चल्दै, रौतहटमा थपिए २ जना कोरोना संक्रमित
आजबाट देशभर चौथो चरणको लकडाउन चल्दैछ । देशभरका अधिकांश बजार तथा सडक सुनसान छन् तर काठमाडौं उपत्यका सहितका स्थानमा हिजो अस्तीको तुलनमा लकडाउन उलंघन गर्ने पैदलयात्री तथा सवारी साधनको संख्या बढेकाले तिनीहरु माथि कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
यता आज रौतहटमा थप २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाव परीक्षणबाट उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएको बताइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई नारायणी अस्पताल , वीरगञ्जको आइसोलेसनमा ल्याइएको हो अस्पतालले जनाएको छ ।
। संक्रमित मध्ये वृन्दावन नगरपालिका-९, भुसहाका २५ वर्षका युवा भारतको कोलकाताबाट लुकेर घर फर्केफछि उनी चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसी जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटिभ देखिएपछि आफ्नो घर फर्केको बताइएको छ । तिनमा कोरोना संक्रमण पुष्टि भएपछि उनी सँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु भएको जनाइएको छ । त्यस्तै गरी कोरोना संक्रमित मध्येका अर्का देवाही गोनाही नघरपालिकि-१ का ३५ वर्षका युवा भने क्वारेन्टाइनमै भएकोले उनीबाट अरुमा कोरोना संक्रमणको खासै खतरा नरहेको बताइएको छ । उनी पनि दिल्लीबाट लुकेर आएको बताईदैछ ।
आरडीटी परीक्षणमा नेगेटिभ देखिएका विरामीको पुन: भरपर्दो प्रयोगशालामा नमुना परीक्षण हुँदा कोरोना पोजेटिभ देखिए सँगै आरडीटी परीक्षणको विश्वसनीयता माथि प्रश्न उठेको छ । आरडीटी परीक्षणबाट कोरोना संक्रमण नेगेटिभ देखिएका व्यक्तिहरु मध्ये कति जना कोरोना संक्रमित रहेको वा नरहेको अहिले नै केही भन्न नसकिने अवस्था रहेको कतिपय जानकारहरु बताउछन् । यता कालो सूचीमा रहेको ओम्पी समूहले ल्याएको तर भञ्सारमा थन्किएको आर.डी.डी. परीक्षण गर्ने किट आइएनजीओ. लगायत सँगको मिलेमतोमा विक्री वितरण गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरु दौडधुप गरिरहेको खबर सार्वजनिक भएको छ ।
उनीहरु सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने तीमध्यै१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उता धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी ३४ वर्षीया महिलामा भने ५औं चरणको स्वाव परीक्षणमा पनि कोरोना भाइरस संक्रमण देखिएको खबर छ ।
